अनुवाद फ्रेन्च नेपाली

07 août 2018

फ्रान्सको नयाँ आप्रवाशी कानुन, यसबाट लिन सकिने फाइदा र अपनाउनु पर्ने सतर्कता /

रामचन्द्र भण्डारी फ्रान्स, पेरिस ramb8811@gmail.com     यसै हप्ता फ्रान्सको संसदले एउटा नयाँ आप्रवाशी कानुन पारित गरेको छ | राष्ट्रपतिको घोषणा पत्रको आधारमा सरकारले तयार गरेको यो बहुचर्चीत कानुनले वास्तविक सरणार्थिलाइ छिटो छरितो र सजिलैसँग स्थाई बसोवाश कार्ड प्रदान गरि उनीहरुको उचित बृति बिकाशको ब्यवश्था गर्ने, गैर कानुनि  आप्रवाशी तथा आर्थिक सरणार्थिको पहिचान गरि धेरै भन्दा धेरैलाई उनीहरुको देशमा फिर्ता गर्ने, बिदेशी बिद्यार्थी तथा  सृजनसिल उद्धमीहरुलाई फ्रान्स प्रवेश, बसाइ र काम गर्न प्रोत्साहित... [Lire la suite]
Posté par Ramchandra à 16:52 - Commentaires [0] - Permalien [#]

29 juillet 2018

राष्ट्रपतिको अंग रक्षकको पिटाइले फ्रान्समा ल्याएको भुकम्प /

राष्ट्रपतिको अंग रक्षकको पिटाइले फ्रान्समा ल्याएको भुकम्प : तस्बिरमा देखिने यी ब्याक्तिको नाम हो Alexandre Benalla  हो | गत जुलाई १७ तारिक देखि हाल सम्म फ्रान्सका राष्ट्रिय मेडियाहरु यिनैका समाचारले भरिएका छन्, अदालतमा बहस जारि छ, प्रहरीको सोधपुछ जारि छ | यिनै ब्याक्तिको कारण  संसदमा संबिधान संसोधन सम्वन्धि बहश पटक पटक स्थगित गरियो, बिपक्षीहरु संसद अवरुद्द गरिरहेका छन् | सामाजिक संजाल यी ब्याक्तिकै फोटाहरु र समाचारहरुले भरिएका छन् |  गृह मन्त्रि लगायत उच्च स्तरका सबै जसो सुरक्षा प्रमुखहरुले संसदीय समितिमा जवाफ... [Lire la suite]
Posté par Ramchandra à 02:37 - Commentaires [0] - Permalien [#]
23 juin 2018

लो न्युट्रि स्कोर ( Le Nutri Score ) के हो ? राम्रो खाना छनौट गर्ने नयाँ र सजिलो तरिका |

हाल बजार हाल बजारमा पाइने केहि तयारि तथा अर्ध तयारि खाद्द्य पदार्थहरुको बट्टामा  माथि चित्रमा देखाए जस्तै पाँच फरक रङ्ग भित्र A देखि E लेखिएको देख्न सकिन्छ | यसलाई लो न्युट्रि स्कोर ( Le Nutri Score) भनिन्छ | कुनै पनि खानामा तरकारी तथा फलफुल, प्रोटिन, फाइबर आदि को मात्र धेरै हुनु राम्रो मानिन्छ भने इनर्जी, तेल वा बोसो, चिनी र नुनको मात्र बढी हुनु राम्रो मानिदैन | लो न्युट्रि स्कोर A भएको खानामा तरकारी तथा फलफुल, प्रोटिन, फाइबर आदि जस्ता पदार्थहरुको मात्रा तुलनात्मक रुपमा सबै भन्दा बढी हुन्छ भने लो न्युट्रि स्कोर E... [Lire la suite]
Posté par Ramchandra à 01:13 - - Commentaires [1] - Permalien [#]
17 juin 2018

देश अनुसारका आवश्यकता र माग

    फ्रान्सका राष्ट्रपतिले  यो हप्ता गुणस्तरीय स्वास्थ्य सेवाका लागि तिनवटा  घोषणाहरु  गरेका छन् | आफ्नो चुनाबी प्रतिबद्दतामा समेटिएका यी तिन बुदाहरु  हामीलाई सामान्य जस्ता लागेपनि  यहाँका मेडिया तथा सामाजिक सुरक्षाको पक्षमा काम गर्ने संघ संस्थाहरुले यो सुधार योजनालाइ निकै महत्व दिएका छन् | >> १५  वर्ष भित्रका ब्याक्तिले बर्षको १ पटक र  १५ बर्ष भन्दा माथिका व्यक्तिहरुको हकमा दुइ बर्षको एक पटक  ३७० € सम्मको चस्मा निसुल्क प्राप्त गर्ने छन  | हाल केवल प्रति ब्याक्ति... [Lire la suite]
Posté par Ramchandra à 11:48 - - Commentaires [0] - Permalien [#]
10 juin 2018

फ्रान्सका कट्टर वामपन्थी नेता र उनको घोषणा पत्र

  फ्रान्समा सन १९८1 देखि सन १९९५ सम्म समावादी पार्टीका नेता  François Mitterrant राष्ट्रपति बनेका थिए | यस अवधिमा समाजवादी अवधारणा अनुसारका धेरै सुधारका कामहरु भए | त्यस पछाडी सन १९९५ देखि २०१२ सम्म उदारवादी अर्थतन्त्र अवलम्बन गर्ने पार्टीले सासन गर्यो | यो अवधिमा मध्यम बर्गमा निकै असन्तोष फैलियो | धनीहरुलाई कर छुट दिने र कामदार तथा मध्यम बर्गका सुविधाहरु कटौती गर्ने कानुनहरु बनाइयो यो अवधिमा | सन २०१२ को राष्ट्रपतिय निर्वाचनमा समाजवादी पार्टीका नेता François Hollande  राष्ट्रपतिमा निर्वाचित भए | << धनि... [Lire la suite]
Posté par Ramchandra à 11:58 - Commentaires [0] - Permalien [#]
09 juin 2018

फ्रान्समा फेक न्यूज नियन्त्रण गर्न बनेको बहुचर्चित कानुन |

यसअघि फ्रान्समा भएको राष्ट्रपतीय चुनावमा तत्कालिन राष्ट्रपतिका उम्मेद्वार तथा हालका रास्ट्रपति एमान्युएल मार्कोको बारेमा सामाजिक सञ्जाल तथा अनलाइनमा धेरै फेक न्युजहरु प्रकाशित भए। ती मध्ये मार्कोको एउटा बैंक खाता बिदेशी बैंकमा रहेको भन्ने समाचार चुनावी प्रचारप्रसारमै भाइरल बन्यो। अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा इसाई धर्मगुरू (पाप) ले ड्रोनान्ड ट्रम्पलाई समर्थन गरेको भन्ने समाचारलाई दसौं लाख अमेरिकन मतदाताबाट  सेयर गरियो। युरोपियन युनियनबाट बेलायत अलग हुने वा नहुने भन्ने विषयमा हुँदै गरेको जनमत संग्रहको प्रचार प्रसारको... [Lire la suite]
Posté par Ramchandra à 18:52 - Commentaires [0] - Permalien [#]

13 décembre 2017

फ्रान्सको प्रमुख प्रतिपक्षी पार्टिको केन्द्रिय सभापतिमा Laurent Wauquiez निर्वाचित

फ्रान्सको प्रमुख प्रतिपक्ष दल LES REPUBLICAINS को केन्द्रिय सभापतिमा  42 बर्षिय नेता LAURENT WAUQUIEZ निर्वाचित भएका  छन |    ८ बर्ष संसद सदस्य, ८ बर्ष नगरपालिका प्रमुख, ४ बर्ष सहायक मन्त्रि, २ बर्ष मन्त्रिको रुपमा सफलता पुर्वक आफ्ना जिम्मेवारी पुरा गरेका उनि हाल क्षेत्रीय परिषद अध्यक्ष छन् |  उनका बिचारहरु फ्रान्सको कट्टर दक्षिण पन्थि पार्टिसँग नजिक   रहेको भनि पार्टि भित्रका उनका  बिरोधिहरुले उनको  आलोचन गरिरहेका छन |  तर उनि आफ्नोबिचार प्रति द्रिढ   देखिन्छन | यस... [Lire la suite]
Posté par Ramchandra à 00:10 - - Commentaires [0] - Permalien [#]
08 novembre 2017

फ्रान्समा रोबोट ( यन्त्र मानब ) द्वारा कर्मचारी छनौट

    फ्रान्समा कर्मचारी  तथा कामदार छनौट्का लागी रोबोट ( Robot ) को प्रयोग गर्न थालिएको छ | सुन्दै अचम्म लाग्ने यो बिधिलाइ  रोजगारदाता र बेरोजगार बर्ग दुबैले सहज रुपमा लिएका छन | यो बिधि प्रयोग गर्नुमा रोजगारदाता कम्पनि तथा श्रम बजारका मध्यस्थकर्ता कम्पनिका  दुइ मुख्य उद्देस्यहरु  छ्न : समयको बचत गर्नु र जतिसक्यो धेरै युवा  ( कम्पुटर र सुचना प्रबिधिको राम्रो ज्ञान भएका ) कर्मचारी तथा कामदारहरु छनौट गर्नु | फ्रान्समा रोबोटबाट कामदार छनौट गर्दा प्रयोग गरिने माध्यमलाइ साबो ( chat-bot ) भनिन्छ |... [Lire la suite]
Posté par Ramchandra à 10:54 - - Commentaires [0] - Permalien [#]
02 novembre 2017

अबको प्रतिस्प्रधा रोबोट ( यन्त्र मानब ) र कामदार बीच

 बिकसित देशहरुमा रोबोटहरुको प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको छ | सुरु सुरुमा रोबोटबाट कठिन र खतरनाक कामहरु गराउने चलन थियो | तर केहि बर्ष यता देखि रोबोटहरुको ब्यापक प्रयोग गर्न थालिएको छ | दक्ष तथा अदक्ष दुवै खालको जनशक्तिको ठाउँमा रोबोटको प्रयोग गरिने क्रम दिन प्रतिदिन बढ्दै छ | रोबोट बनाएर बिक्रि गर्ने कम्पनिहरु बीच एक पछि अर्को गरि विभिन्न क्षेत्रका सबै जसो तहमा काम गर्न सक्ने स्वचालित रोबोट ( L'inteligence artificielle) हरु निर्माण गर्ने र बिक्रि गर्ने होड बाजी छ | अर्को तर्फ कम भन्दा कम श्रम लागत बाट बढी भन्दा बढी मुनाफा... [Lire la suite]
Posté par Ramchandra à 01:08 - Commentaires [0] - Permalien [#]
29 octobre 2017

निजि बिद्यालयका शिक्षकको तलब सरकारले बेहोर्ने फ्रान्सको अनौठो व्यवस्था

फ्रान्समा बिद्यालय तहलाइ चार भागमा बाडिएको छ :  अ ) पुर्व प्रा बि ( Maternelle ) : यो तहमा ३ बर्ष देखि ६ बर्ष सम्मका बच्चाहरु भर्ना हुने गर्दछन | यो तह अनिवार्य छैन | यस तहमा बालकहरुलाइ पढाउने र लेखाउने गरिदैन | बच्चाहरुले ३ बर्षको पुरा अवधि खेल खेलेर र चित्रहरु बनाएर बिताउछन | यो उमेर समुहका बच्चाहरुलाई पढाइ लेखाइमा सहभागी गराउदा उनीहरुको सारीरिक तथा मानसिक बृदी बिकासमा नराम्रो असर पर्छ भन्ने मान्यता छ | आ ) प्राथमिक बिद्यालय ( Primaire ) : ६ देखि ११ बर्ष उमेर समुहका बच्चाहरु भर्ना हुने यो तह अनिवार्य हो | बिशेस गरि फ्रेच र... [Lire la suite]
Posté par Ramchandra à 21:54 - - Commentaires [0] - Permalien [#]
26 octobre 2017

व्यापारिक प्रयोजनका लागि टेलिफोन कल गर्दा ७५ हजार युरो जरिवाना लाग्ने

  फ्रान्समा सबै तहका गरि करिब ३० लाख ( १७% ) कामदारहरु पूर्ण रुपमा अनलाइन द्वारा काम गर्दछन भने करिब त्यति नै संख्यामा आम्सिक रुपमा अनलाइनबाट काम गर्ने कर्मचारीहरु छन | अनलाइनबाट काम गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ | लेण्ड लाइन, मोबाइल फोन र कम्पुटरको प्रयोगद्वारा गरिने यसप्रकारको काममा टेलिफोन कलको प्रयोगबाट सर्वसाधारणले धेरै सास्ती बेहोर्नु पर्यो | आफ्नो  बस्तु तथा सेवा बिक्रि गर्न  वा प्रचारका  लागि जुनसुकै कम्पनीले कुनै पनि बेला फोन गर्न सक्ने हुदा मानिसहरुको  दैनिक जीवनमा नराम्रो प्रभाब... [Lire la suite]
Posté par Ramchandra à 12:08 - - Commentaires [0] - Permalien [#]
22 octobre 2017

फ्रान्समा ८० प्रतिसत जनतालाई आवास कर ( Taxe d'Habitation ) छुट

हिजो २२ / १० / २०१७ का दिन फ्रान्सको संसदले ८०% जनतालाई आवास कर ( Taxe d'Habitation )  छुट गर्ने कानुन पारित गरेको छ | आफ्नै घर वा अपार्टमेन्टमा बस्ने र बाहालमा बस्ने दुवै थरिका बासिन्दाहरुले यो कर ( Taxe d'Habitation )  तिर्नु पर्ने व्यवस्था छ | राष्ट्रपतिले गरेका चुनाबी प्रतिबद्दताहरु मध्ये यो एक महत्वपूर्ण चुनाबी प्रतिबद्दता थियो | औसत करिब आधा महिनाको तलब बराबरको रकम तिर्नु पर्ने यो कर छुट गरिदा फ्रान्सका ८० % बासिन्दाहरुको क्रयशक्ति बढ्ने छ | बार्षिक ३०००० युरो भन्दा कम आम्दानि भएका एकल महिला वा पुरुष,... [Lire la suite]
Posté par Ramchandra à 12:47 - - Commentaires [0] - Permalien [#]
19 octobre 2017

सम्बन्धित मन्त्रीको नाममा सबै जसो नयाँ कानुन बन्ने अनौठो चलन

  फ्रान्समा कुनै मन्त्रीले कानुनको मसौदा बनाइ संसदमा प्रस्तुत गर्छ र त्यो कानुनको मसौदा संसदबाट पारित भइ कानुन बनेको अवस्थामा उक्त मन्त्रीको नाम जोडेर कानुनको नामकरण गर्ने चलन छ | जस्तै : माक्रोँको कानुन ( Loi Macron ), पिनेलको कानुन ( Loi Pinel ), आमोँको कानुन ( Loi Hamon ), तोबिराको कानुन ( Loi Taubira ), एल कोम्रीको कानुन ( Loi El Khomri ) , ओब्रिको कानुन ( Loi Aubry ), आदि | यहाँ सम्बन्धित कानुन तयार गरि संसदबाट पारित गराउन भूमिका खेल्ने मन्त्रीहरु हुन : माक्रों, पिनेल, आमों, तोबिरा, एल कोम्री, ओब्रि | यसरी मन्त्रीको... [Lire la suite]
Posté par Ramchandra à 00:46 - - Commentaires [0] - Permalien [#]
15 octobre 2017

पुर्व प्रधानमन्त्री निजि कम्पनीका कर्मचारी बने

  फ्रान्सका पुर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलको तर्फबाट राष्ट्रपतिका उम्मेदवार  François Fillon ६३ बर्षको उमेरमा राजनीति छोडेर नयाँ काम सुरु गरेका छन | ६३ बर्षीय पुर्व प्रधानमन्त्रीले ३७ बर्षको राजनीतिक जीवनमा ५ बर्ष प्रधानमन्त्रि, २३ बर्ष सम्म संसद सदस्य, ५ पटक सम्म मन्त्रि, ५ बर्ष सम्म क्षेत्रीय परिसद अध्यक्षको जिम्मेवारी पुरा गरेका थिए | हाल उनि Tikehau नाम गरेको एउटा बित्तिय कम्पनिमा काम गर्दछन | उक्त कम्पनीमा उनीजस्तै १०० जना कर्मचारीहरु छन | स्वदेसी तथा बिदेसी ठुला लगानीकर्ताहरुलाई लगानी सम्वन्धि उचित... [Lire la suite]
Posté par Ramchandra à 10:01 - - Commentaires [0] - Permalien [#]
11 octobre 2017

ईटालीमा घरको कुकुर बिरामी पर्दा दुइ दिनको तलबी बिदा पाइने

An Italian gets two days off to care for her sick dog As her pet was in need of urgent care, this single woman had to be absent from work to take him to the veterinarian and then assist him.An Italian woman has been granted two days of paid leave to treat her dog, the LAV animal welfare organization said on Wednesday, welcoming a first in Italy, a country where pets are kings. As the dog needed urgent care, this single woman employed by a Roman university had to be absent from work to take it to the veterinarian and then assist her. ... [Lire la suite]
Posté par Ramchandra à 22:11 - - Commentaires [0] - Permalien [#]
01 octobre 2017

फ्रान्सका दुई पुर्व राष्ट्रपति माथि भएको अदालती कारवाही

  १ ) सन १९९५ देखि २००७ सम्म फ्रान्सका राष्ट्रपति रहेका Jacques Chirac लाई सन २०१० मा फ्रान्सको अदालतले दुई बर्ष  घर मै नजरबन्द (Peine d'emprisonnement avec sursis)गरिने  फैसला सुनायो | कारण : सन १९९० ताका उनि पेरिस महानगरपालिकाका मेअर थिए | त्यो अवधिमा उनले २१ जना आफ्ना पार्टीका कार्यकर्तालाइ महानगरपालिकाको बजेटबाट तलब पाउने गरि नियुक्ति गरेका थिए | यसकारण उनीमाथि अधिकारको दुरुपयोग गरेको र सार्वजनिक सम्पत्तिलाई आफ्नो राजनीतिक प्रभाब बिस्तार गर्नमा खर्च गरेको भन्ने आरोप लगाइएको थियो | २) सन २००७ देखि २०१२... [Lire la suite]
Posté par Ramchandra à 22:32 - Commentaires [0] - Permalien [#]
27 septembre 2017

फ्रान्सको नयाँ बजेट २०१८ : दैनिक जीवनमा प्रभाब पार्ने बुदाहरु

  आज २७/०९/२०१७ का दिन फ्रान्सका अर्थमन्त्री  Bruno Le Maire ले आगामी आर्थिक  बर्ष २०१८ का लागि बजेट प्रस्तुत गरेका छन | नयाँ राष्ट्रपतिद्वारा गठन गरिएको सरकारद्वारा प्रस्तुत यो पहिलो बजेट हो | राष्ट्रपतिका चुनाबी प्रतिबद्दताहरु पुरा गर्ने गरि डिजाइन गरिएको यो बजेटले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष प्रभाब पार्ने बुदाहरु यस प्रकार छन : अ ) आवाश कर ( Taxe d'Habitation ) मा आउदो बर्ष एक तिहाइ छुट गरिने छ | आ ) डिजेल खरिदमा लाग्ने करलाइ बृदि गरिने भएको छ जसबाट डिजेलको मूल्य प्रति लिटर करीब ८ पैसाका दरले बढ्ने... [Lire la suite]
Posté par Ramchandra à 16:43 - Commentaires [0] - Permalien [#]
24 septembre 2017

फ्रान्सको नयाँ आवास व्यवस्थापन सुधार योजना

  फ्रान्सका बर्तमान राष्ट्रपतिले आफ्नो चुनाबी घोषणापत्रमा आवास व्यवस्थापन सबन्धमा गरेका प्रतिबद्दता पुरा गरिने भएको छ | २२ / ०९ / २०१७ का दिन आवास मामिला सँग सम्वन्धित मन्त्रीले सरकारको नयाँ आवास व्यवस्थापन सुधार योजना पत्रकार सम्मेलन मार्फत प्रस्तुत गरेका छन | धेरै भन्दा धेरै आवासहरु निर्माण गरेर आवासहरुको बजार मूल्य र भाडा रकम कम गर्ने लक्ष लिइएको छ | धेरै भन्दा धेरै मध्यम बर्गीय परिवारको आफ्नो निजि आवास होस र देशभर भएका आवासहरु कम भन्दा कम उर्जा खपत गर्ने खालका बनुन भन्ने लक्षका साथ पेस गरिएको नयाँ आवास व्यवस्थापन सुधार... [Lire la suite]
Posté par Ramchandra à 15:56 - - Commentaires [0] - Permalien [#]
17 septembre 2017

राष्ट्रपतिद्वारा घर भाडा घटाउन घर धनिहरुलाई सार्वजनिक अपिल

           फ्रान्समा करीब एक महिना अगाडी सरकारले घर भाडा भत्ता ( APL ) घटाउने निर्णय गरेको थियो | प्रति महिना प्रति परिवार पाँच युरो भत्ता कम गर्ने सरकारको निर्णयको बिरुद्दमा संसद, सडक, मेडीया, सामाजिक संजालहरुमा एक महिना देखि ब्यापक बिरोध भइरहेको छ | भुतपुर्वक राष्ट्रपति लगाएत सबै वामपन्थी नेताहरुले सरकारको यो निर्णयको बिरोध गरेका छन | बिद्यार्थीहरु तथा कम आय भएका समुहको पक्षमा काम गर्ने संस्थाहरुले यो निर्णय फिर्ता लिनु पर्ने माग गरिरहेका छन | अनौठो कुरा के छ भने यति ठुला हङ्गामा मच्चाएको यो रकम... [Lire la suite]
Posté par Ramchandra à 22:58 - - Commentaires [0] - Permalien [#]
14 septembre 2017

फ्रान्समा सार्वजनिक स्थलमा महिलाहरु जिस्काउनेलाइ तत्काल जरिवाना तिराइने

         फ्रान्समा सार्वजनिक स्थलमा महिलाहरु जिस्काउने पुरुषहरु दण्डित हुने भएका छन | महिला पुरुष समानता मामिला सहायक मन्त्रि Marlène Schiappa ले रास्ट्रिय टेलिभिजन मार्फत छिट्टै बन्दै गरेको नयाँ कानुन बारे जानकारी दिदै भनेकी छन << एकातिर आकर्षण हुन्छ जसको कारण सहमतिमा सम्बन्ध रहन सक्छ अर्को तिर बलात्कार हुन्छ जुन अपराध कानुन द्वारा दण्डित गरिन्छ | तर यी दुई को बीच एउटा यस्तो अवश्था छ कि पुरुषहरु महिलालाइ बाटो , सार्वजनिक यातायात तथा अन्य सार्वजनिक स्थलमा जिस्काएर सताईरहेका हुन्छन तर उनिहरु... [Lire la suite]
Posté par Ramchandra à 22:23 - - Commentaires [0] - Permalien [#]