आज ११ जुन २०१७ का दिन फ्रान्समा भइरहेको प्रतितिधिसभाको पहिलो चरणको निर्वाचनका क्रममा १५ जिल्लाका केहि मतदान केन्द्रहरुमा मतपत्रको अभाबमा निर्वाचन प्रक्रिया प्रभावित भएको छ | सबै मतदान केन्द्रहरुमा मतपत्र पुराउने जिम्मा पाएको कम्पनीले समयमा मतपत्र नपुराउदा यस्तो समस्या भएको हो | मतपत्र अभाब भएको ठाउमा तुरुन्त मतपत्र पठाएर मतदान कार्य अनबरत गरिने प्रयाश भइ रहेको छ |