deputes sans-cravate

 

हिजो फ्रान्समा  प्रतिनिधि सभाको पहिलो बैठक बस्यो | जसमा कट्टर वामपन्थी समुहका साम्सदहरुको ब्यबाहार अनि अनौठो देखियो |

फ्रान्सको संसदमा कट्टर वामपन्थी पक्षका दुइ समूह बनिसकेका छन् | यस अघि केवल २ / ४ जना संसदहरु हुने गरेकोमा यस पटक २७ जना कट्टर वामपन्थी संसदहरुले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै छन् |

यसका साथै कट्टर दक्षिणपन्थी पार्टीका ९ जना अत्यन्तै प्रभावशाली नेताहरु यो पटक  संसदमा प्रतिनिधित्व गर्दै छन् जबकि 

perchoir

यस अगाडीको प्रतिनिधि सभामा  यिनीहरु जम्मा दुइ जना थिए |

यी दुइ समूह अन्य समुहको तुलनामा बढी आक्रामक प्रवृतिका छन् | यी समुहहरुको  सशक्त उपश्थितिबाट संसद्को कारवाही प्रभाबित हुने अनुमान गरिएको छ |

यसको प्रभाब प्रतिनिधि सभाको पहिलो बैठकमा नै  देखा पर्यो | वामपन्थी पार्टीका साम्सदहरु नियम बिपरित टाई नलगाईकन बैठकमा भाग लिए जबकि साम्सदहरुले संसद्को बैठकमा भाग लिदा टाई लगाउनु अनिवार्य हुन्छ | प्रतिनिधि सभाको सभापति चयन भइ सकेपछि उसप्रति देखाउनु पर्ने न्युनतम सम्मान पनि त्यो समुहले नदेखाएको कुरा स्पष्ट देख्न सकिन्थ्यो |
गत महिना भएको राष्ट्रपतिको  निर्वाचनका पराजित उम्मेदवार तथा  वामपन्थी पार्टीका नव निर्वाचित संसदीय दलका नेता Jean Luc Mélenchon  लाइ तपाइँहरु टाई किन नलगाउनु भएको भन्ने पत्रकारहरुको प्रश्नमा उनको जवाफ थियो : << यहा कसैले कट्टु लगाएका छैनन् हामीले टाई लगाएका छैनौ, यसमा फरक के छ ?, हामि गरिबहरुका प्रतिनिधि हौ, हामि टाई लगाएर  मत मागेका होइनौ अनि अब किन टाई लगाउनु पर्ने ? टाई लगाउदैमा राम्रो काम गर्न सकिने भए यतिका बर्ष टाई लगाउनेहरुले धेरै उल्लेख्य काम गर्नु पर्ने, आदि आदि | >>

साम्सद जस्तो गरिमामय पदमा रहेका ब्याक्तिबाट देखाइएका यस्ता ब्यबहारबाट अन्य साम्सद लगाएत सर्बसाधारणले अनौठो मानिरहेका छन् |