circonscription et 1-11

 केहि बर्ष अघि देखि विदेशमा बस्ने फ्रेन्च नागरिकलाइ मतदानमा सहभागी गराउनु पर्ने आवाज उठ्यो | परिणाम स्वरुप सन् २००८ मा त्यस सम्बन्धि कानुन बन्यो |

  २०१२ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि पहिलो पटक फ्रेन्च नागरिहरु बसोबास गर्ने विश्वका सबै देशहरुलाई ११ भाग  ( निर्वाचन क्षेत्र ) मा   विभाजन गरियो | बिभाजनको आधार थियो :  हरेक देसमा बस्ने मतदाता संख्या | विश्वभरमा जम्मा  १३ लाख फ्रेन्चहरु मतदाता रहेकोमा यहि १३ लाख मतदातालाई ११ भागमा बाडियो | यी ११ निर्वाचन बटा  क्षेत्रहरुलाइ फ्रान्स बाहिरका निर्वाचन क्षेत्र भनिन्छ | एउटा निर्वाचन क्षेत्र २ वा २ भन्दा बढी देश  मिलेर बनेको छ | फ्रान्स बाहिरको निर्वाचन क्षेत्र नम्बर १ मा अमेरिका र क्यानडा पर्दछन भने फ्रान्स बाहिरको निर्वाचन क्षेत्र नम्बर ११ मा नेपाल लगायत एसियाका ४९ देश समेटिएको छ | यस्ता हरेक निर्वाचन क्षेत्रबाट १ / १ साम्सद निर्वाचित हुन्छ | सम्बन्धित देश वा छिमेकी देशमा भएका फ्रेन्च राजदुताबास वा कल्सुलरहरुमा मतदान केन्द्रहरु राखिएका हुन्छन | तोकिएका मतदान केन्द्र अन्तर्गतका मतदाताहरुले आफै उपस्थित भएर वा अधिकार प्रत्यायोजनद्वारा मतदान गर्दछन | हालै भएको फ्रासको प्रतिनिधि सभाको निर्वाचनमा दोस्रो पटक फ्रान्स बाहिरका ११  निर्वाचन क्षेत्रबाट ११ साम्सदहरु निर्वाचित भएका छन् | नेपाल, भारत लगाएत एसियाका ४९ देश मिलेर बनेको निर्वाचन क्षेत्र नम्बर ११ बाट Anne Genetet  निर्वाचित भएकी छन् | यसरि निर्वाचित साम्सदहरुले आफ्ना क्षेत्र अन्तर्गत पर्ने देसमा बस्ने फ्रेन्चहरुको आवाजलाई संसदमा उठाउने गर्दछन | circonscription 11


( ०२/०७ / २०१७ को साझा सवालमा प्रधानमन्त्रिलाइ सोधिएको प्रश्न : विदेश बस्ने नेपालीलाई कसरि मतदानमा सहभागी गराउन सकिन्छ ? को सम्भावित उत्तर  फ्रान्सको यो अभ्यासबाट पाउन सकिन्छ कि ? )

circonscription et 11