demo soc nat

 

     नेपाली कांग्रेसलाइ नेपालको सबै भन्दा प्रजातान्त्रिक पार्टी मानिन्छ र हो पनि | हामी सानो छँदा नेपाली कांग्रेश पार्टीमा आबद्द नेता दाईहरुले राष्ट्रीयता, प्रजातन्त्र र समाजबादको बारेमा निकै व्याख्या गर्ने गर्नु हुन्थ्यो | उहाँहरुका यी तिन शब्दहरुको व्याख्या हामीले बुझ्न सक्दैन थियौ | अहिले बल्ल बुझ्दै छौ कि यी तिन शब्दहरु कति महत्वपूर्ण छन् | यी तिन शब्दको भावनाको पूर्ण पालना गरेका देशहरु नै संसारका सबै भन्दा उत्कृष्ट शाशन ब्यवश्था भएका देश बन्न पुगे | | यति राम्रो शैद्दान्तिक धरातल भएको कांग्रेस पार्टीका कार्यकर्ताहरुले  हिजो बाँकेको कोहलपुर नगरपालिकामा एउटा आफ्नै पार्टीको स्थानिय नेतालाइ कालो मोसो लगाई दिएछन | कारण हो : उनले अन्तरघात गरे रे | राणाकालिन इतिहाँसमा मात्र पढ्न पाइने यस्तो घटना प्रमाण सहित राष्ट्रिय पत्रिकाहरुले नै समाचार प्रकाशित गरेको देखे पछि केहि कुरा लेख्ने मन लाग्यो | पहिलो कुरा त त्यी कार्यकर्ताले नेपाली कांग्रेसलाइ मत दिएनन भन्ने कुराको के प्रमाण छ ? अबश्य पनि उनले गोप्य मतदान गरेका थिए होलान | यस्तो अपराध गर्ने मित्रहरुले कल्पना गर्नुहोस यदि उनले कांग्रेसमा नै मत दिएका रहेछन भने तपाइँहरु उनि माथि कति अन्याय गर्दै हुनुहुन्छ | यी पिडित ब्याक्तिले तपाईको पार्टीबाट धेरै थोरै फाइदा लिए होलान | नेपालको समस्या नै हो कि पार्टीमा लागेपछि फाइदा लिनु पर्ने र फाइदा लिएपछि पार्टीमा रहनु पर्ने | तर हाल सम्म उनले पनि त तपाईको पार्टीको लागि योगदान गरे होलान | त्यसको मान्यता दिनु नपर्ने ? http://www.janatasamachar.com/news/8638 | नेपाली कांग्रेश पार्टीमा मात्र होइन आफुले हार्दा अरुलाई दोष दिने चलन नेपालका सबै पार्टीहरुमा छ |

kalo moso.jpg

 

 

हामी सधै हाम्रो देश बिकशित रास्ट्र जस्तो बन्ने / बनाउने कल्पना गर्दछौ तर हामीले बिकशित रास्ट्रहरुले उन्नति गर्नुको कारण के छ भनेर कहिल्यै प्रश्न गर्दैनौ | बिकसित रास्ट्रहरुले उन्नति गर्नु वा उन्नत समाज निर्माण गर्न सक्नुको कारण तिनै तिन शब्दहरु हुन् जुन तपाइँहरुको सिद्दान्तको किताबमा लुकेर बसेका छन् : १ ) प्रजातन्त्र २) समाजबाद ३) राष्ट्रीयता | धेरै गहिराइमा जानु पर्दैन ; ब्याक्तिलाई स्वतन्त्र पुर्बक आफ्नो अधिकार प्रयोग गर्न छुट दिने, हरेक नागरिकका न्युनतम आबश्यकता सरकारले पुरा गरिदिने, आफ्नो रास्ट्र बिरुद्दका गतिविधिमा हुन् नदिने |

demo soc nat.jpg

 

बाँकेमा मात्र नभएर अन्तरघात भन्ने शब्द यो हप्ता नेपाल भर नै निकै चर्चामा रहेको छ | नेपाली कांग्रेश पार्टीमा मात्र होइन आफुले हार्दा अरुलाई दोष दिने चलन नेपालका सबै पार्टीहरुमा छ | यस सन्दर्भमा फ्रान्समा गत तिन महिना भित्र घटेका ५ महत्वपूर्ण घटनाहरु उल्लेख गर्न लायक छन् :

१ ) फ्रान्समा नयाँ शक्तिको स्थापना भएपछी सत्ता रुढ समाजबादी पार्टीका करिब ५० % र रिपब्लिकन पार्टीका करिब २० % केन्द्रिय नेताहरुले नयाँ शक्तिलाई समर्थन गर्ने घोषणा गरे | यसलाई कसैले अन्तरघात भनेन बरु स्वतन्त्र पुर्वक आफ्नो मतदानको उपयोग गरिएको भनि राष्ट्रीय मेडियाहरुबाट सकारात्मक संदेश प्रशारण गरियो | उनीहरुको तर्क थियो : << देशलाइ निकाश चाहिएको छ | पुराना शक्तिबाट निकाश सम्भब छैन | >>

 २) समाजवादी पार्टीबाट प्रधानमन्त्रि बनेका फ्रान्सका पुर्व प्रधानमन्त्रि ( Manuel valls ) ले आफ्नै पार्टीका रास्ट्रपतिका उम्मेदवार ( २०१७ ) लाइ भोट नदिने सार्वजानिक घोषणा गरे | उनको तर्क थियो : << मत विभाजन हुदा देशको नेतृत्व ( रास्ट्रपतिको पद ) कट्टर दक्षिण पन्थीको हातमा जाने र त्यसलाई रोक्नु अनिवार्य भएकोले >>

 ३) २००७ मा समाजवादी पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेकी र पटक पटक मन्त्रि बनेकी Ségolène Royal  ले प्रतिनिधि सभा २०१७ को चुनाबको भोलि पल्ट आफुले समाजवादी पार्टीको उम्मेदवारलाइ मत नदिएको कुरा राष्ट्रीय टेलिभिजनबाट खुलाशा गरिन | उनको तर्क थियो : << उनका अनुसार आफ्नो पार्टीको भन्दा बिपक्षी पार्टीको उम्मेदवार योग्य देखिन र उसैलाई मत दिइन | >>

 ४) चुनाब प्रचार कै क्रममा रास्ट्रपतिको उम्मेदवारलाई अधिकार दुरुपयोगको आरोप लागेपछि रिपब्लिकन पार्टीको केन्द्रिय स्तरको एउटा समूहले रास्ट्रपतिको निर्वाचनमा उनलाई सहयोग नगर्ने सार्वजनिक घोषणा गर्यो र त्यहि कारण उनले चुनाब हारे | उनीहरुको तर्क थियो : << अदालतमा मुद्दा विचाराधीन रहेको ब्याक्ति आफ्नै पार्टीको भएपनि रास्ट्रपतिको उम्मेदवारको लागि योग्य हुदैन >>

 ५ ) लगभग प्रधानमन्त्रि सरह मानिने पेरिसका पुर्व मेअर समाजवादी पार्टीका तर्फबाट मेअर बनेका थिए | उनले रास्ट्रीय टेलिभिजनबाट नै आफ्नो पार्टीको रास्ट्रपतिको उम्मेदवारलाइ भोट नदिने घोषणा गरे | उनको तर्क थियो : <<आफ्नो पार्टीको कार्यक्रम समय सापेक्ष नभएको >>

 यी त केहि उदाहरण मात्र हुन् | पार्टीको तर्फबाट रास्ट्रपति, प्रधानमन्त्रि, मन्त्रि, मेअर, साम्सद जस्ता उच्च पद हासिल गरिसकेकाहरुले पनि स्वतन्त्र रुपमा मत दिन्छन | यहाँ यस्ता बिषयहरुमा खासै चर्चा गरिदैन किनकी कसलाई मत दिने भन्ने कुरा नितान्त ब्याक्तिगत मानिन्छ | कुनै नेताले पार्टीबाट के अवशर पायो भन्ने कुराको कम चर्चा हुन्छ भने पार्टीमा उक्त नेताको उपस्थितिले देश र पार्टीलाइ पुगेको योगदानको बढी चर्चा हुने गर्छ |

 यसरि पार्टीको तर्फबाट रास्ट्रपति, प्रधानमन्त्रि, मन्त्रि, मेअर, साम्सद जस्ता उच्च पद हासिल गरिसकेकाहरुले पनि स्वतन्त्र रुपमा मत दिन्छन | तर हामी चाँहि ५ बर्ष अगाडी कुनै पार्टीलाईभोट दिएको सामान्य जनताले यस पटक अर्को पार्टीलाई भोट दिदा अन्तरघात भनिरहेका छौ | पहिला जुन पार्टीमा मत दियो त्यहि पार्टीलाई नै सधै मत दिने मान्यता राख्ने हो भने चुनाब गर्नुको औचित्य के भयो ? अब आयो कार्यकर्ता र नेताको कुरा | कार्यकर्ता र नेताहरु पनि त मानब नै हुन् | उसलाई पनि राम्रो ब्याक्ति छनोट गर्ने चाहना हुन सक्छ वा पार्टीद्वारा जबरजस्ती लादिएको निर्णयको बिरुद्द जान नपाउनु भनेको प्रजातन्त्र भित्रको निरंकुशता भएन र ?

 बिकसित देशमा राजनीतिक पार्टीका कार्यकर्ता र समर्थकहरु जम्मा मुस्किलले कुल मतदाताको ३०% हुन्छन | बाकि ७०% मतदाता कुनै पार्टीसंग आबद्द हुदैनन् | कुनै पार्टी सग आबद्द नभएको यो समुहलाई फ्रान्समा आँदेसी भनिन्छ | यस्ता मतदाताहरु मुख्य गरि पार्टीका घोषणा पत्र, उम्मेदवारहरुका भाषण, टेलिभिजनमा हुने अन्तर्वार्ता र छलफलका आधारमा आफ्नो मत कसलाई दिने भन्ने निर्णय गर्दछन | यो समूह नै निर्वाचनमा निर्णायक हुन्छ | पार्टीका कार्यकर्ता बाहेकका हामी पनि यदि सकिन्छ भने तटस्ठ रहन सिकौ र अरुलाई पनि सिकाउँ ताकि भोलि कसैले तपाईलाई पनि अन्तरघातीको आरोपमा कालोमोसो नलगाओस |