gérardफ्रान्सको सरकारले सरकारी कर्मचारीको हित बिपरितका दुइ निर्णय गरेको छ :

१ ) सन् २०१८ मा कर्मचारीको तलब बृदि हुने छैन | मूल्य बृदिको बार्षिक दर करिब १ % भएको फ्रान्समा सोहि दरमा तलब बृदि हुने गर्छ | तर बजेट घाटा कम गर्ने उद्देस्यले सन् २०११ देखि सरकारी कर्मचारीको तलब बृदि गरिएको छैन र सन् २०१८ मा पनि तलब बृदि नगरिने कुरा बजेट मामिला मन्त्रिले हिजो घोषणा गरेका छन् |

२ ) फ्रान्समा काममा अनुपश्थित रहने एक मात्र उपाय छ : त्यो हो बिरामी पर्नु वा बिरामी परेको बाहाना गर्नु | अरु कुनै बाहानामा काममा अनुपश्थित हुनु भनेको विभागीय कारवाहीको भागि हुनु हो | अत केहि  कर्मचारीहरु बिरामी भएको बाहानामा एक्कासी अनुपश्थित हुने गरेको कारण सगै काम गर्ने कर्मचारीलाइ बोझ पर्ने तथा कार्यालयको काममा बाधा आउने गरेको छ | हालसम्म बिरामी पर्दा पनि पुरै तलब पाइने भएकोले यो बिकृति आएको हो भन्ने सरकारको ठहर छ | बिरामीको बाहानामा कार्यालयमा अनुपस्थित हुने प्रवृतिलाइ कम गर्न बिरामी बिदा लिएमा बिरामी परेको पहिलो दिनको ( १ दिनको ) तलब कटौती गरिने छ | यो नयाँ ब्यवश्थाबाट सरकारले १७ करोड युरो बचत गर्ने छ |

 

नक्कली रोगि र नक्कली बेरोजगारको कथा - अनुवाद फ्रेन्च नेपाली

फ्रान्समा कामदारहरु कुनै पनि बहानामा काममा अनुपस्थित हुन् पाउदैनन | तिन दिन भन्दा बढी बिना कारण काममा अनुपस्थित भएमा उनीहरु कामबाट निकालिन सक्छन | काममा अनुपस्थित हुने एक मात्र बाहाना हो : नक्कली बिरामी बन्नु | डाक्टरले बिरामी भएको प्रमाणित गरिदिएमा उक्त कामदार काममा अनुपश्थित हुन् सक्छ | तर डाक्टरले