APL

फ्रान्स सरकारले प्रत्येक परिवारको प्रति महिना पाँच युरो भत्ता कम गर्ने भएको छ | बजेट घाटा कम गर्ने योजना अनुसार अक्टुबर महिना देखि यो नियम लागु हुनेछ | अर्थात हरेक परिवारले अहिले पाईरहेको सरकारी भत्ता भन्दा ५ युरो कम भत्ता पाउने छन् | यसबाट सरकारले यो बर्षको अन्तिम तिन महिनामा १००  ००० ००० युरो बचत गर्ने लक्ष लिएको छ |

ब्याक्ति तथा परिवारले सरकारबाट पाउने विभिन्न भत्ता मध्ये एउटा भत्ता हो : A P L :  निम्न आय भएका परिवार र स्वदेशी तथा बिदेशी बिध्यार्थीलाइ यो भत्ता प्रदान गरिन्छ | निम्न आम्दानि हुने बर्गले आफ्नो आपार्टमेन्टको बाहाल तिर्न सक्दैनन् भन्ने सिद्दान्तको आधारमा यो भत्ताको कल्पना गरिएको हो  |  स्मरण रहोस  A P L बापत  हाल एक ब्याक्तिले मासिक औसत २५० युरो र एउटा परिवारले औसत ४५० युरो रकम सरकारबाट अनुदान पाउछन |  सोहि A P L बापत पाउने रकममा अक्टुबर महिना देखि प्रति महिना ५ युरो कम गरिने छ | तर अन्य प्रकारका भत्ता रकमहरुमा भने कमि गरिने छैन |  
 

यस बिषयको समाचारले आज दिनभर फ्रान्सका राष्ट्रीय टेलिभिजनहरुमा निकै स्थान पायो | सरोकारवाला संस्थाहरुले सरकारको यो निर्णयको बिरोध गरिरहेका छन् | उनीहरुको भनाइ छ : << कुनै बिद्यार्थी वा परिवारको प्रति महिना ५ युरो भत्ता कम गर्दा उनीहरुको दैनिक जीवनमा नकारात्मक असर पर्छ | >> अचम्म लाग्दो कुरा के छ भने ५ युरो भनेको यहाको एउटा सामान्य श्रमिकको आधा घण्टाको ज्याला हो | यति सानो भत्ता रकम कटौती गर्दा पनि धेरै ठुलो बिरोध र धेरै ठुलो चर्चा भइरहेको छ | 

Pierre_de_Villiers_(détail)

यस्तै सरकारी खर्च कटौती गर्ने रणनीति अनुसार गत हप्ता रक्षा मन्त्रालय लगाएत अन्य धेरै मन्त्रालयहरुको खर्च कटौती गर्ने निर्णय गरिएको थियो | रक्षा मन्त्रालयको खर्च कटौतीमा असहमति जनाउदै यसै हप्ता फ्रान्सका प्रधान सेनापतिले राजिनामा दिएका छन् | बजेट घाटालाइ जी डि पी को ३ % भन्दा तल झार्ने राष्ट्रपतिको चुनाबी प्रतिबद्दता पुरा गर्न गराउनको लागि सबै मन्त्रिहरु निकै खटेर लागिरहेका छन् |