chien

अगस्त ७, २०१७ का दिन फ्रान्सको प्रहरीले कुकुर मारेको आरोपमा उक्त कुकुरको मालिकलाई पक्राउ गरेको छ | फ्रान्सको आर्देन जिल्लाको कारिग्न नगरपालिकामा भएको यो घटनाले अहिले निकै चर्चा पाईरहेको छ | प्रत्यक्ष दर्शीका अनुसार उक्त ब्याक्तिले आफ्नो कुकुरलाइ गाडीको पछाडी बाधेर गाडी चलाएको थियो | यो घटना देख्दा साथ केहि प्रत्यक्ष दर्शीले प्रहरीकोमा खबर गरेका थिए भने एक जनाले उसको पिछा गरेका थिए | पेट्रोल पम्पको स्टेसनमा रोकेर मृत कुकुरलाइ गाडीको डिक्कीमा राख्न लाग्दाको फोटो खिचेर अर्को एक जना प्रत्यक्ष दर्शीले प्रहरीलाई उक्त फोटो पठाई दिएका थिए | मृत कुकुरलाई फोहोर फ्याक्ने ठाउमा लैजादै गर्दा पनि यो घटना देखिरहेका प्रत्यक्ष दर्शीले पिछा गरेका थिए | प्रत्यक्ष दर्शीले प्रहरीलाई पठाएको फोटोको आधारमा उक्त अपराधि र अपराधीले प्रयोग गरेको गाडी प्रहरीले प्रकाउ गर्न सफल भएको छ | प्रत्यक्ष दर्शिहरुले पत्रकार र प्रहरीलाई दिएको बयान अनुसार उक्त ब्याक्तिले जानीजानी आफ्नो कुकुर मारेको थियो | हाल प्रहरी हिरासतमा रहेको उक्त ब्याक्तिसँग प्रहरीले सोधपुछ गरिरहेको छ | उक्त कुकुर मालिकले प्रहरीलाई दिएको बयान अनुसार जानी जानी नभएर अन्जानमा यो घटना भएको हो | उसका अनुसार << गाडीको पछाडी कुकुर बाधेको कुरा मैले बिर्सेछु | जब गाडी रोकेँ अनि मात्र देखे त्यहा कुकुर मरिसकेको थियो >> | प्रहरी रिपोटको आधारमा अदालतले यस सम्बन्धि फैसला गर्नेछ | यदि उसले जानी जानी कुकुर मारेको ठहर भएमा उसलाई २ बर्ष कैद र तिस हजार युरो जरिवाना हुनेछ | ( फ्रान्सको राष्ट्रिय टेलिभिजनको समाचारबाट अनुवादित )

 

 

Ardennes: un homme accusé d'avoir tué son chien en l'attachant à sa voiture

En garde à vue, l'homme a assuré qu'il avait oublié que son chien était attaché à l'arrière de sa voiture.

http://vous.bfmtv.com