l'oeuf 4PG

यो हप्ता भर फ्रान्स लगायत युरोपका १५ देशहरुमा बिषादी युक्त अन्डाको खरिद बिक्रिले निकै चर्चा पाइरहेको छ | यो प्रकरणको बास्तबिकता के हो ? दोषीहरु कसरि पक्राउ परे ? नेपालले यस घटनाबाट के सिक्नु पर्छ ? भन्ने बिषयमा यहा केहि प्रष्ट पार्ने प्रयाश गरिएको छ :

अण्डा उत्पादन गर्ने खोरमा भएका कुखुराहरुलाई बेला बेलामा जुम्रा बिरुद्दको औषधि प्रयोग गर्नु पर्ने हुन्छ | हालसम्म प्रयोगमा रहेको औषधिले केवल ३ महिनाका लागि मात्र काम गर्छ र प्रत्येक तिन महिनामा खोरमा जुम्रा बिरुद्दको औषधि छर्ने काम हुन्छ | केहि महिना अगाडी एउटा कम्पनीले ८ महिनासम्म काम गर्ने जुम्रा बिरुद्दको औषधि छर्कने प्रस्ताब अगाडी सार्यो | आकर्षक प्रस्ताब देखेर नेदरलैन्ड, बेल्जियम र रोमानिका केहि अण्डा फर्महरुले यो नयाँ सर्भिसको प्रयोग गरे | जब अण्डाहरु बजारमा आए तब थाहा भयो कि कुखुराको जुम्रा मार्न प्रयोग गरिएको रशायन युरोपियन युनियन द्वारा प्रतिवन्धित रशायन थियो | माशुजन्य पशुपंक्षी बाहेक अन्य पशुपंक्षीहरु ( कुकुर, बिरालो ,सुगा आदि ) को जुम्रा मार्न प्रयोग गरिने यो रसायन मासुजन्य पशुपंक्षीको हकमा प्रयोग गर्न प्रतिबन्धित छ | अहिले यसरि उत्पादन भएको अण्डा युरोपका १५ देश सहित  स्विस र सिंगापुरका बजारहरुमा समेत पुगेको पाइयो | फ्रान्समा यस्तो अण्डा बेल्जियम र नेदरलैन्डबाट २५०००० पिस आपूर्ति भएको कुरा प्रमाणित भैसकेको छ | सबै देशहरुमा आपूर्ति भएको अण्डा धेरै जसो खपत भइसकेको छ भने खपत नभैसकेको अण्डा बजारबाट हटाउने काम भइरहेको छ | यो समस्या सम्बन्धमा छलफल गर्न युरोपियन युनियनले सबै देसका सम्बन्धित मन्त्रिहरु सम्मिलित बैठक बोलाइसकेको छ |

माथिको अन्डाको चित्रमा जस्तै युरोपका बजारमा पाइने हरेक अण्डामा तिन वटा लाइनमा लेखिएको हुन्छ | 

पहिलो लाइन मा चारवटा बक्स हुन्छन | पहिलो बक्समा  ०, १ ,२ ,३ मध्ये एउटा अंक लेखिएको हुन्छ | पहिलो बक्समा ० लेखिएको छ भने त्यो अर्गानिक अण्डा हो | १ लेखिएको छ भने त्यो अण्डा दिने कुखुरा खुला हावामा पालिएको थियो | २ लेखिएको छ भने त्यो अण्डा दिने कुखुरा बन्द जमिनमा पालिएको थियो | ३ लेखिएको छ भने त्यो अण्डा दिने कुखुरा बन्द खोरमा पालिएको थियो | 

 

>> पहिलो लाइनको दोस्रो बक्समा अण्डा उत्पादन भएको देसको संक्षिप्त रुप लेखिएको हुन्छ, तेस्रो बक्समा उक्त अण्डा उत्पादन गर्ने फर्मको कोड नाम हुन्छ | यदि सो फर्मका दुइ वा दुइ भन्दा बढी घर ( खोर ) हरुमा अण्डा उत्पादन हुने गरेको भए पहिलो लाइनको चौथो बक्समा घर ( खोर ) नम्बर उल्लेख गरिन्छ | 


>> दोस्रो लाइनमा अण्डा उत्पादन भएको दिन उल्लेख हुन्छ भने तेस्रो लाइनमा अण्डा उपभोग गर्न सकिने अन्तिम दिन उल्लेख गरिएको हुन्छ | सामान्यतया अण्डा उत्पादन भएको तिस दिन सम्म उपभोग गर्न सकिन्छ |

oeuf 2

माथिको अन्डाको प्याकमा एउटा लाइनमा तिनवटा नम्बरहरु हुन्छन: ति नम्बरहरुले अण्डा प्याक गर्ने टिम, प्याक गरिएको दिन र समय , प्याकको क्रम संख्या, अण्डा उपयोग गर्न सकिने अन्तिम मिति सम्बन्धमा जनाकारी दिन्छन | 


यसरि युरोपमा उत्पादिन अण्डाको उपभोगबाट कुनै ब्याक्ति बिरामी परेमा उक्त अण्डा कुन फर्मले उत्पादन गरेको हो भन्ने कुरा सजिलै पत्ता लाग्दछ | अण्डा मात्र होइन माछा, मासु, तरकारी, दुधबाट बनेका परिकारहरु आदि को वितरण प्रक्रिया यसै गरि ब्यबस्थित गरिएको छ | यो प्रणालीलाइ त्रासाबिलिते भनिछ | 

l'oeuf 1

नेपालमा उत्पादन हुने माछा, मासु, अण्डा, तरकारी, तथा दुधबाट बनेका परिकारहरु कसले उत्पादन गरेको हो भन्ने कुरा उपभोगताहरुलाइ बिरलै थाहा हुन्छ | यसैले नेपालमा खाध्य उत्पादनमा लागेका उद्धमीको लाहाप्रवाहिले उपभोगता बिरामी परेमा दोषीलाई कारवाही गर्न सकिने स्थिति छैन | यसैले नेपालले पनि त्रासाबिलिते प्रणालीको सुरुवात गर्नु पर्ने देखिन्छ |