allocation r s

फ्रान्समा स्कुल भर्ना भएका प्रत्येक विद्यार्थीले प्रत्येक बर्ष शैक्षिक सत्र सुरु हुनु भन्दा एक महिना अगाडी शैक्षिक सामाग्री भत्ता प्राप्त गर्दछन | यो रकम उमेर अनुसार एक मुस्ट ४६५ युरो वा ४८५ युरो वा ४९८ युरो छ |
यहा बिध्यार्थिलाई बर्ष भरिलाइ चाहिने शैक्षिक सामाग्री एकै पटक किन्ने चलन छ | अत बर्ष भरिलाइ चाहिने शैक्षिक सामाग्रीहरुको मूल्य अनुमान गरेर यो शैक्षिक सामाग्री भत्ता रकम निर्धारण गरिएको हो | बार्षिक ३५००० युरो भन्दा बढी आम्दानि हुने परिवारले भने यो रकम पाउदैन | कम आम्दानि हुने अर्थात मासिक आम्दानि र खर्च बराबर हुने परिवारलाइ यो भत्ता ब्यबश्थाबाट धेरै राहत मिलेको छ | हाल यो भत्ता रकम बृदि गर्नु पर्ने माग उठिरहेको छ |