18 août 2017

प्राकृतिक प्रकोप पछि बिकसित देशमा राहत उठाउने र वितरण गर्ने काम किन हुदैन ?

  नेपालमा जब बाढी, पहिरो, आगलागी, भुकम्प, आदि जस्ता ठुला प्राकृतिक बिपत्तिहरु आइलाग्छन, सुरक्षाबल को नेतृत्वमा उद्दार कार्य हुने गर्छ | उद्दार पछि हुने राहत संकलनको चरणमा देस तथा विदेशका सरकारी, अर्धसरकारी तथा निजि क्षेत्रबाट राहात रकम तथा राहात सामाग्री जम्मा गर्ने काम गरिन्छ | काहाली लाग्दा फोटाहरु र भिडियोहरुलाइ संसार भर फैलाइन्छ ताकि धेरै भन्दा धेरै राहात रकम उठ्न सकोस | स्वदेशमा त हुने नै भयो, विदेशका ठुला सहरका टोल टोलमा यो वा त्यो संस्था / ब्याक्तिले नेपालमा भएको प्राकृतिक प्रकोपबाट पिडितहरुको नाममा राहात संकलन गर्ने... [Lire la suite]
Posté par Ramchandra à 22:53 - - Commentaires [0] - Permalien [#]

18 août 2017

शैक्षिक सामाग्री भत्ता ( L' Allocation Rentrée Scolaire ) के हो ?

  फ्रान्समा स्कुल भर्ना भएका प्रत्येक विद्यार्थीले प्रत्येक बर्ष शैक्षिक सत्र सुरु हुनु भन्दा एक महिना अगाडी शैक्षिक सामाग्री भत्ता प्राप्त गर्दछन | यो रकम उमेर अनुसार एक मुस्ट ४६५ युरो वा ४८५ युरो वा ४९८ युरो छ | यहा बिध्यार्थिलाई बर्ष भरिलाइ चाहिने शैक्षिक सामाग्री एकै पटक किन्ने चलन छ | अत बर्ष भरिलाइ चाहिने शैक्षिक सामाग्रीहरुको मूल्य अनुमान गरेर यो शैक्षिक सामाग्री भत्ता रकम निर्धारण गरिएको हो | बार्षिक ३५००० युरो भन्दा बढी आम्दानि हुने परिवारले भने यो रकम पाउदैन | कम आम्दानि हुने अर्थात मासिक आम्दानि र खर्च बराबर हुने... [Lire la suite]
Posté par Ramchandra à 00:04 - Commentaires [0] - Permalien [#]
12 août 2017

तपाइले बजारमा किनेको अण्डा कुन देसको कुन फर्मको कति नम्बर खोरमा कुन समयमा उत्पादन भएको होला ?

  यो हप्ता भर फ्रान्स लगायत युरोपका १५ देशहरुमा बिषादी युक्त अन्डाको खरिद बिक्रिले निकै चर्चा पाइरहेको छ | यो प्रकरणको बास्तबिकता के हो ? दोषीहरु कसरि पक्राउ परे ? नेपालले यस घटनाबाट के सिक्नु पर्छ ? भन्ने बिषयमा यहा केहि प्रष्ट पार्ने प्रयाश गरिएको छ : अण्डा उत्पादन गर्ने खोरमा भएका कुखुराहरुलाई बेला बेलामा जुम्रा बिरुद्दको औषधि प्रयोग गर्नु पर्ने हुन्छ | हालसम्म प्रयोगमा रहेको औषधिले केवल ३ महिनाका लागि मात्र काम गर्छ र प्रत्येक तिन महिनामा खोरमा जुम्रा बिरुद्दको औषधि छर्ने काम हुन्छ | केहि महिना अगाडी एउटा कम्पनीले... [Lire la suite]
Posté par Ramchandra à 20:13 - - Commentaires [0] - Permalien [#]
11 août 2017

कुकुर मारेको आरोपमा कुकुर मालिक पक्राउ : २ बर्ष कैद र ३० हजार युरो जरिवाना ( अनुबाद )

अगस्त ७, २०१७ का दिन फ्रान्सको प्रहरीले कुकुर मारेको आरोपमा उक्त कुकुरको मालिकलाई पक्राउ गरेको छ | फ्रान्सको आर्देन जिल्लाको कारिग्न नगरपालिकामा भएको यो घटनाले अहिले निकै चर्चा पाईरहेको छ | प्रत्यक्ष दर्शीका अनुसार उक्त ब्याक्तिले आफ्नो कुकुरलाइ गाडीको पछाडी बाधेर गाडी चलाएको थियो | यो घटना देख्दा साथ केहि प्रत्यक्ष दर्शीले प्रहरीकोमा खबर गरेका थिए भने एक जनाले उसको पिछा गरेका थिए | पेट्रोल पम्पको स्टेसनमा रोकेर मृत कुकुरलाइ गाडीको डिक्कीमा राख्न लाग्दाको फोटो खिचेर अर्को एक जना प्रत्यक्ष दर्शीले प्रहरीलाई उक्त फोटो पठाई दिएका... [Lire la suite]
Posté par Ramchandra à 01:51 - - Commentaires [0] - Permalien [#]
06 août 2017

फ्रान्समा शरणार्थी सम्बन्धि नयाँ ब्यवस्था

     फ्रान्समा  १२ / ०७ / २०१७ मा बसेको मन्त्रिपरिषदको नियमित बैठकले शरणार्थी सम्बन्धि नयाँ कानुन बनाउने निर्णय गरेको छ | प्रधानमन्त्रीले पत्रकार सम्मेलन मार्फत दिएको जानाकारी अनुसार यस सम्बन्धि नयाँ कानुन सेप्टेम्बर महिनामा संसदबाट छलफल तथा पारित गराइने छ | उनका अनुसार हाल सम्मको ब्यवस्था अनुसार वास्तविक सरणार्थीहरुलाइ सम्मान पुर्बक स्वागत गर्न सकिएको छैन भने आर्थिक सरणार्थीहरुले अवसर पाइरहेका छन् | सरणार्थीको मान्यता पाउन नसकेका ब्याक्तिहरु बर्षौ सम्म गैर कानुनि रुपमा फ्रान्समा रहने गरेका छन् | यी... [Lire la suite]
Posté par Ramchandra à 17:23 - - Commentaires [0] - Permalien [#]
05 août 2017

एक अरब पाँच करोडमा भाडामा लिइएको पाण्डाबाट फ्रान्सले कति कमाउला ?

 फ्रान्सको सबै भन्दा ठुलो चिडियाखाना ( Zoo de Beauval ) मा राखिएको पाण्डाले बच्चा जन्माएको खबरले  यो हप्ताभर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निकै चर्चा पायो | यो घटना प्रत्यक्ष हेर्न कै लागि मात्र फ्रान्स तथा अन्य देशबाट चिडियाखाना सम्म हजारौ पर्यटकहरु आए |  राष्ट्रिय तथा अन्तराष्ट्रिय मेडियाहरुले निकै महत्वका साथ यस सम्बन्धि समाचारहरु प्रसारण गरे | फ्रान्सले यो घटनालाइ फ्रान्सको प्रतिष्ठाको रुपमा लिइरहेको छ किनकी फ्रान्समा पान्डा जन्मिएको यो पहिलो पटक हो | सबै तह तप्काका फ्रेन्चहरु आफ्नो देसमा पाण्डा जन्मिएकोमा... [Lire la suite]
Posté par Ramchandra à 15:13 - Commentaires [0] - Permalien [#]
02 août 2017

निजि घरमा पशुपंक्षीको बध गर्दा के सजाय हुन्छ ? पशुपंक्षीलाइ यातना दिदा के सजाय हुन्छ ?

फ्रान्समा आफ्नो घरमा मासु जन्य जनावर बध गरेर मासु उपभोग गर्न प्रतिबन्ध छ | चाहे त्यो खसी होस् वा कुखुरा | यति मात्र होइन मासु जन्य पशुपंक्षीहरुको लोड - अनलोड, ओसार - पसार, स्टक, बध गर्ने काम अधिकार प्राप्त बधशालाका तालिम प्राप्त ब्याक्तिले मात्र गर्न पाउछ | यसो गर्नुका मुख्य दुइ कारण छन् : अ ) ताजा मासुको उत्पादन र वितरण आ ) पशुपन्क्षिमा हुने यातना नियन्त्रण | सायद अन्य बिकसित देशहरुमा पनि लगभग यस्तै नियम हुन् सक्छ | दसैको बेलामा यदाकदा विदेशमा भएका नेपालिहरुले घरमै खसी काटेर चाड पर्व मनाउदा अलि होसियार हुनु पर्ने देखिन्छ | मासुजन्य... [Lire la suite]
Posté par Ramchandra à 02:46 - - Commentaires [0] - Permalien [#]
29 août 2017

फ्रान्समा पुर्व मन्त्रि तथा साम्सदहरुले काम पाउन नसकेको गुनासो

    फ्रान्सकी एउटा वामपन्थी पार्टी ( EELV ) की पुर्व महासचिब तथा बहुचर्चित पुर्व आवास मन्त्रि EMMANUELLE COSSE ले आवास मन्त्रिबाट हटेपछि बेरोजगार हुनुपरेको गुनासो गरेकी छन् | उनले भनेकी छन  << मैले पहिलो काम पत्रकारिताबाट सुरु गरेकी हु र पछि निर्माणको क्षेत्रमा काम गरेँ | पत्रकारिता गर्न छोडेको धेरै बर्ष भयो र यो बिचमा प्रविधिको बिकाशले गर्दा हामीले त्यतिबेला सिकेको सिपले काम गर्दैन | अत पत्रकारिता क्षेत्रमा काम खोज्ने आँट मैले गरिन | मन्त्रि बन्नु भन्दा अगाडी मैले निर्माणको क्षेत्रमा काम गरेकी थिए र अहिले... [Lire la suite]
Posté par Ramchandra à 12:14 - - Commentaires [0] - Permalien [#]
28 août 2017

फ्रान्सको सामाजिक सुरक्षा प्रणाली के हो र यसबाट कसरि फाइदा लिन सकिन्छ ?

  फ्रान्समा पनि धनि र मध्यम बर्ग बिचको खाडल अतिनै ठुलो छ र यो दिन प्रतिदिन बढ्दै छ | फ्रान्सको अति सानो समुहको हातमा कुल रास्ट्रीय सम्पतिको ठुलो हिस्सा छ भने मध्यम बर्गीयहरुको ठुलो समुहको स्वामित्वमा कुल रास्ट्रीय सपत्तिको सानो हिस्सा मात्र छ | तर गास, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताका बस्तु तथा सेवाबाट कुनै पनि नागरिक बन्चित हुनुपर्ने स्थिति छैन | सबैजसो बस्तु तथा सेवालाई प्रजातान्त्रिकरण गर्ने ( सबैले किन्न सक्ने बनाउने ) हर सम्भब प्रयास गरिएको छ | यी कारणहरुले गर्दा समाजमा ठुला असन्तोषका... [Lire la suite]
Posté par Ramchandra à 03:34 - - Commentaires [0] - Permalien [#]
Tags :