bhedaa

  फ्रान्सको बा - राँ ( Bas - Rhin ) भन्ने जिल्लामा एक जना ८२ बर्षीय बृदलाइ गैर कानुनि रुपमा भेडा बध गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ | व्यवशायिक रुपमा भेडा पाल्दै आएका उक्त बृदले आफ्नै चरन क्षेत्रमा १४ वटा भेडा काटेर बिक्रि गर्दै गरेको अवस्थामा प्रहरीले उनलाई प्रकाउ गरेको हो | इद मनाउने समुहका मानिसहरु उनका ग्राहक थिए | पक्राउ परेका यी बृदलाइ ६ महिना कैद र १५००० युरो जरिमाना माग सहित प्रहरीले अदालतमा मुद्दा दायर गरेको छ |

फ्रान्समा अनुमति प्राप्त  बधशाला बाहेक अन्यत्र पशुबध गर्न मनाही छ | कुनै धार्मिक समुहका बिशेष पर्वहरुमा पशुबध गर्नु परेमा जिल्ला प्रसासन कार्यालयबाट अनुमति लिनु पर्ने हुन्छ |

नेपालिहरुले फ्रान्स लगायत अन्य बिकसित देसमा घरमा खसी काटेर दसैँ मनाउदा सजग हुनुपर्ने देखिन्छ | अन्यथा एक दिनको रमाइलोको लागि ६ महिना कैद र १५००० युरो जरिवाना तिर्नु पर्ने स्थिति आउँन सक्छ |

 

 

Alsace: un agriculteur retraité arrêté pour avoir abattu des moutons pour l'Aïd

Cet agriculteur d'Oermingen, âgé d'environ 82 ans, devait toucher 140 euros par bête abattue.

http://www.bfmtv.com

निजि घरमा पशुपंक्षीको बध गर्दा के सजाय हुन्छ ? पशुपंक्षीलाइ यातना दिदा के सजाय हुन्छ ? - अनुवाद फ्रेन्च नेपाली

फ्रान्समा आफ्नो घरमा मासु जन्य जनावर बध गरेर मासु उपभोग गर्न प्रतिबन्ध छ | चाहे त्यो खसी होस् वा कुखुरा | यति मात्र होइन मासु जन्य पशुपंक्षीहरुको लोड - अनलोड, ओसार - पसार, स्टक, बध गर्ने काम अधिकार प्राप्त बधशालाका तालिम प्राप्त ब्याक्तिले मात्र गर्न पाउछ | यसो गर्नुका मुख्य

http://www.anubaad.com