27 septembre 2017

फ्रान्सको नयाँ बजेट २०१८ : दैनिक जीवनमा प्रभाब पार्ने बुदाहरु

  आज २७/०९/२०१७ का दिन फ्रान्सका अर्थमन्त्री  Bruno Le Maire ले आगामी आर्थिक  बर्ष २०१८ का लागि बजेट प्रस्तुत गरेका छन | नयाँ राष्ट्रपतिद्वारा गठन गरिएको सरकारद्वारा प्रस्तुत यो पहिलो बजेट हो | राष्ट्रपतिका चुनाबी प्रतिबद्दताहरु पुरा गर्ने गरि डिजाइन गरिएको यो बजेटले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष प्रभाब पार्ने बुदाहरु यस प्रकार छन : अ ) आवाश कर ( Taxe d'Habitation ) मा आउदो बर्ष एक तिहाइ छुट गरिने छ | आ ) डिजेल खरिदमा लाग्ने करलाइ बृदि गरिने भएको छ जसबाट डिजेलको मूल्य प्रति लिटर करीब ८ पैसाका दरले बढ्ने... [Lire la suite]
Posté par Ramchandra à 16:43 - Commentaires [0] - Permalien [#]

24 septembre 2017

फ्रान्सको नयाँ आवास व्यवस्थापन सुधार योजना

  फ्रान्सका बर्तमान राष्ट्रपतिले आफ्नो चुनाबी घोषणापत्रमा आवास व्यवस्थापन सबन्धमा गरेका प्रतिबद्दता पुरा गरिने भएको छ | २२ / ०९ / २०१७ का दिन आवास मामिला सँग सम्वन्धित मन्त्रीले सरकारको नयाँ आवास व्यवस्थापन सुधार योजना पत्रकार सम्मेलन मार्फत प्रस्तुत गरेका छन | धेरै भन्दा धेरै आवासहरु निर्माण गरेर आवासहरुको बजार मूल्य र भाडा रकम कम गर्ने लक्ष लिइएको छ | धेरै भन्दा धेरै मध्यम बर्गीय परिवारको आफ्नो निजि आवास होस र देशभर भएका आवासहरु कम भन्दा कम उर्जा खपत गर्ने खालका बनुन भन्ने लक्षका साथ पेस गरिएको नयाँ आवास व्यवस्थापन सुधार... [Lire la suite]
Posté par Ramchandra à 15:56 - - Commentaires [0] - Permalien [#]
18 septembre 2017

युरोप / अमेरिकामा अपार्टमेन्ट किन्दै हुनुहुन्छ भने निम्न कुराहरु ख्याल गर्नुहोस |

      बिकसित देशमा कुनै अपार्टमेन्ट बिक्रि गर्नु भन्दा अगाडी एउटा टेक्निसियन ( Diagnostiqueur ) बाट त्यो अपार्टमेन्टका विभिन्न प्राबिधिक पक्षको जाँच  गरि त्यसको रिपोर्ट  तयार गर्नु पर्ने हुन्छ | यो रिपोर्टलाइ   Rapport diagnostic भनिन्छ | अपार्टमेन्ट किन्ने ब्याक्तिले आफ्नो किन्ने निर्णय गर्नु भन्दा अगाडी यो रिपोर्ट अध्ययन गर्ने गर्दछ | यो रिपोर्टबाट अपार्टमेन्ट तथा घरको गुणस्तर थाहा हुनुको साथै भबिष्यमा कुनै खतरा हुने सम्भावना  रहेछ भने त्यसको पनि जानकारी पाउन सकिन्छ | समयमै आवस्यक मर्मत... [Lire la suite]
Posté par Ramchandra à 21:27 - - Commentaires [0] - Permalien [#]
17 septembre 2017

राष्ट्रपतिद्वारा घर भाडा घटाउन घर धनिहरुलाई सार्वजनिक अपिल

           फ्रान्समा करीब एक महिना अगाडी सरकारले घर भाडा भत्ता ( APL ) घटाउने निर्णय गरेको थियो | प्रति महिना प्रति परिवार पाँच युरो भत्ता कम गर्ने सरकारको निर्णयको बिरुद्दमा संसद, सडक, मेडीया, सामाजिक संजालहरुमा एक महिना देखि ब्यापक बिरोध भइरहेको छ | भुतपुर्वक राष्ट्रपति लगाएत सबै वामपन्थी नेताहरुले सरकारको यो निर्णयको बिरोध गरेका छन | बिद्यार्थीहरु तथा कम आय भएका समुहको पक्षमा काम गर्ने संस्थाहरुले यो निर्णय फिर्ता लिनु पर्ने माग गरिरहेका छन | अनौठो कुरा के छ भने यति ठुला हङ्गामा मच्चाएको यो रकम... [Lire la suite]
Posté par Ramchandra à 22:58 - - Commentaires [0] - Permalien [#]
14 septembre 2017

फ्रान्समा सार्वजनिक स्थलमा महिलाहरु जिस्काउनेलाइ तत्काल जरिवाना तिराइने

         फ्रान्समा सार्वजनिक स्थलमा महिलाहरु जिस्काउने पुरुषहरु दण्डित हुने भएका छन | महिला पुरुष समानता मामिला सहायक मन्त्रि Marlène Schiappa ले रास्ट्रिय टेलिभिजन मार्फत छिट्टै बन्दै गरेको नयाँ कानुन बारे जानकारी दिदै भनेकी छन << एकातिर आकर्षण हुन्छ जसको कारण सहमतिमा सम्बन्ध रहन सक्छ अर्को तिर बलात्कार हुन्छ जुन अपराध कानुन द्वारा दण्डित गरिन्छ | तर यी दुई को बीच एउटा यस्तो अवश्था छ कि पुरुषहरु महिलालाइ बाटो , सार्वजनिक यातायात तथा अन्य सार्वजनिक स्थलमा जिस्काएर सताईरहेका हुन्छन तर उनिहरु... [Lire la suite]
Posté par Ramchandra à 22:23 - - Commentaires [0] - Permalien [#]
09 septembre 2017

फ्रान्सको राजनैतिक विभाजन

    फ्रान्सलाई कुल 18 क्षेत्र, १०२ जिल्ला, ५ स्वायत्त प्रदेश  र केहि बस्तिबिहिन टापुमा विभाजन गरिएको छ | ६७५४७६ बर्ग कि मि क्षेत्रफल भएको फ्रान्सको कुल भूभाग मध्ये अधिकाम्स भूभाग ( ५५१ ५०० बर्ग कि मि ) लाइ हामि फ्रान्सको मुख्य भुमि अर्थात France Métropolitaine भन्दछौ | फ्रान्सको बाकि भुमि विभिन्न महादेश अन्तर्गत फ्रान्सका समुन्द्रपारका जिल्ला  DOM तथा  समुन्द्रपारका स्वायत्य स्थानीय निकाय COM को रुपमा रहेका छन | फ्रान्समा तिन तहको सरकार  छ : - केन्द्र, जिल्ला र गाँउ | ... [Lire la suite]
Posté par Ramchandra à 00:55 - - Commentaires [0] - Permalien [#]

06 septembre 2017

नगरपालिका प्रमुख कति सम्म अनुभबी हुदा रहेछन ?

  फ्रान्सको पिरेने - आतलँतिक जिल्लाको पो नगरपालिकाका प्रमुख फ्रँस्वा बायरु ( François Bayrou ) हुन | ३२ बर्ग मिटरमा फैलिएको यो नगरपालिकाको जनसंख्या ७८००० छ | बिगत १० बर्ष देखि सो नगरपालिका मेअर रहेका फ्रँस्वा बायरु बिगत ३५ बर्ष देखि फ्रान्सको राष्ट्रिय राजनीतिका एक प्रमुख पात्र हुन | कृषक परिवारमा जन्मेर प्राध्यापक पेशा हुदै राजनीतिमा प्रवेश गरेका फ्रँस्वा बायरु मध्य मार्गी खेमाका प्रमुख नेता हुन | बर्तमान राष्ट्रपतिलाइ जिताउनमा उनले प्रमुख भूमिका खेलेका थिए | केन्द्रिय राजनीतिका प्रभाबशालि नेता भएर पनि आफ्नो नगरपालिकालाइ सधै... [Lire la suite]
Posté par Ramchandra à 00:02 - - Commentaires [0] - Permalien [#]
02 septembre 2017

इदको अवसरमा बधशाला बाहिर भेडा बध गरि बिक्रि गर्ने ब्याक्ति पक्राउ : दसैँ मनाउदा होसियार हुनुहोला|

  फ्रान्सको बा - राँ ( Bas - Rhin ) भन्ने जिल्लामा एक जना ८२ बर्षीय बृदलाइ गैर कानुनि रुपमा भेडा बध गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ | व्यवशायिक रुपमा भेडा पाल्दै आएका उक्त बृदले आफ्नै चरन क्षेत्रमा १४ वटा भेडा काटेर बिक्रि गर्दै गरेको अवस्थामा प्रहरीले उनलाई प्रकाउ गरेको हो | इद मनाउने समुहका मानिसहरु उनका ग्राहक थिए | पक्राउ परेका यी बृदलाइ ६ महिना कैद र १५००० युरो जरिमाना माग सहित प्रहरीले अदालतमा मुद्दा दायर गरेको छ | फ्रान्समा अनुमति प्राप्त  बधशाला बाहेक अन्यत्र पशुबध गर्न मनाही छ | कुनै धार्मिक समुहका... [Lire la suite]
Posté par Ramchandra à 16:23 - Commentaires [0] - Permalien [#]
01 septembre 2017

फ्रान्समा संसोधित श्रम कानुनका कामदार बिरोधि मुख्य बुँदाहरु

३१ / ०८ / २०१७ का दिन फ्रान्सका प्रधानमन्त्रि तथा श्रममन्त्रीले संसोधित श्रम कानुनको खाका पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे | ठुला तथा साना कम्पनिहरुलाइ कामदार नियुक्तिमा प्रेरित गर्नको लागि भनेर गरिएको यो संशोधनले कामदारहरुको स्थायित्वमा प्रत्यक्ष प्रभाब पार्ने देखिन्छ | कामदार बिरोधि ४ प्रमुख बुँदाहरु यसप्रकार छन :  १ ) हाल घरेलु काम लगायत सबै खालका निजि क्षेत्रमा स्थाई काम दिने चलन छ | यसलाई स्थाई श्रम सम्झौता ( CDI ) भनिन्छ | कामदारले गम्भीर गल्ति गरेको अवश्थामा बाहेक रोजगारदाताले कामदारलाइ काम बाट हटाउन सक्दैन | श्रम... [Lire la suite]
Posté par Ramchandra à 01:10 - - Commentaires [0] - Permalien [#]
08 septembre 2017

राजनीतिज्ञहरुको पारिश्रमिक : एउटा भाषणको करिब १ करोड ८० लाख ( ने रु )

      फ्रान्सका केहि राजनीतिज्ञहरुले अन्तराष्ट्रिय कम्पनि तथा संघ संस्थाहरुको आमन्त्रणमा विश्वका विभिन्न देशहरुमा आयोजित कन्फेरेन्सहरुमा भाषण ( Speech ) दिने गर्दछन | सामान्यतया एक घण्टाको भाषणका लागि त्यी राजनीतिज्ञहरुले ३० ००० युरो देखि १५० ००० युरो सम्म पारिश्रमिक लिने गर्दछन | त्यी मध्येका प्रमुख राजनीतिज्ञ र तिनीहरुको एउटा भाषणको पारिश्रमिक यस प्रकार छ :  >>  पुर्व राष्ट्रपति   Nicolas Sarkozy   :     प्रति भाषण १०० ००० युरो देखि १५० ००० युरो सम्म |  >>... [Lire la suite]
Posté par Ramchandra à 16:13 - Commentaires [0] - Permalien [#]