jacques chirac

१ ) सन १९९५ देखि २००७ सम्म फ्रान्सका राष्ट्रपति रहेका Jacques Chirac लाई सन २०१० मा फ्रान्सको अदालतले दुई बर्ष  घर मै नजरबन्द (Peine d'emprisonnement avec sursis)गरिने  फैसला सुनायो |

कारण : सन १९९० ताका उनि पेरिस महानगरपालिकाका मेअर थिए | त्यो अवधिमा उनले २१ जना आफ्ना पार्टीका कार्यकर्तालाइ महानगरपालिकाको बजेटबाट तलब पाउने गरि नियुक्ति गरेका थिए | यसकारण उनीमाथि अधिकारको दुरुपयोग गरेको र सार्वजनिक सम्पत्तिलाई आफ्नो राजनीतिक प्रभाब बिस्तार गर्नमा खर्च गरेको भन्ने आरोप लगाइएको थियो |

२) सन २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति रहेका Nicolas Sarkozy ले उनि राष्ट्रपति पदबाट मुक्त भएको ६ महिना पछिदेखि एउटा मुद्दाको सामना गर्नु परिरहेको छ | अनुसन्धानको क्रममा रहेको यो मुद्दाको बारेमा सोधपुछका लागि भनेर उनलाई पटक पटक हिरासतमा राख्ने र छोड्ने गरियो |nicolas

कारण : उनि सन २०१२ का फ्रान्सको राष्ट्रपतिका निर्वाचित उम्मेदवार हुन | यो निर्वाचन अवधिका उनका गतिबिधिलाइ लिएर उनि माथि दुई वटा आरोप लगाईएको छ : अ ) राष्ट्रपतिको उम्मेदवारको चुनाबी खर्च अधिकतम १ करोड २५ लाख युरो हुनु पर्नेमा उनले त्यो भन्दा धेरै खर्च गरे | आ ) चुनाबी खर्च कम देखाउनका लागि बिग्मालियों भन्ने कम्पनिवाट नक्कली बिल बनाइ सरकारलाइ पेश गरे |

फ्रान्समा राष्ट्रपतिलाई उसको जनादेश अवधिभर र राष्ट्रपतिको पदबाट पदमुक्त भएको मितिले ६ महिना सम्म अदालतमा मुद्दा चल्दैन | तर त्यो अवधि पुरा भइसकेपछि पुर्व राष्ट्रपतिलाइ पनि अन्य सामान्य नागरिकलाइ सरह मुद्दा लाग्छ |

स्मरणीय कुरा के छ भने फ्रान्सका राष्ट्रपतिहरुले हरेक जसो दिन एउटा समाज सुधारका योजना घोषणा तथा लागु गरेका हुन्छन | समाजवादी तथा पुजिवादी जुन खेमावाट निर्वाचित भएका हुन त्यो खेमाको विचार सग मेल खाने सुधारका काम गरिरहेका हुन्छन | जुन सुकै खेमावाट निर्वाचित भएपनि उनीहरुका जनादेस अवधिभरमा आफुले चुनाबी घोषणा पत्रमा उल्लेख गरेका सुधार योजनाहरु एक एक गरेर लागु गर्दछन | तर देसको लागि जतिसुकै योगदान गरेपनि उनीहरुलाई गल्ति गर्ने अधिकार चाहि हुदैन |