intelligence-artificielle-agressive-google-deepmind

 बिकसित देशहरुमा रोबोटहरुको प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको छ | सुरु सुरुमा रोबोटबाट कठिन र खतरनाक कामहरु गराउने चलन थियो | तर केहि बर्ष यता देखि रोबोटहरुको ब्यापक प्रयोग गर्न थालिएको छ | दक्ष तथा अदक्ष दुवै खालको जनशक्तिको ठाउँमा रोबोटको प्रयोग गरिने क्रम दिन प्रतिदिन बढ्दै छ | रोबोट बनाएर बिक्रि गर्ने कम्पनिहरु बीच एक पछि अर्को गरि विभिन्न क्षेत्रका सबै जसो तहमा काम गर्न सक्ने स्वचालित रोबोट ( L'inteligence artificielle) हरु निर्माण गर्ने र बिक्रि गर्ने होड बाजी छ | अर्को तर्फ कम भन्दा कम श्रम लागत बाट बढी भन्दा बढी मुनाफा कमाउन उद्दत लगानीकर्ताहरुको रोजाइमा परेको छ रोबोट अहिले | एक पटक लगानी गरेपछि हरेक महिना तलब तिर्नु नपर्ने, श्रम कानुनको दायराभित्र बस्नु नपर्ने, तालिमहरु दिइरहनु नपर्ने, अनुपस्थिति र बिदा जस्ता पक्षबाट प्रभावित हुनु नपर्ने, काममा भावना र उत्तेजनाको प्रभाब सुन्य हुने, तुलनात्मक रुपमा उच्च उत्पादकत्व हासिल हुने आदि कुराहरुले सेवा र उद्योगका सबै जसो क्षेत्रमा रोबोटको प्रयोग ब्यापक हुदै गइरहेको छ | यसरि बिकसित देशरुमा मानिसहरुको ठाउँमा रोबोटलाइ प्रयोग गर्नाले धेरै मानिसहरुले रोजगारी गुमाउनु परेको छ |

हालै मात्र Organisation de coopération et de développement économique  ( L'OCDE ) ले गरेको अध्ययन अनुसार औसतमा ८ कामदारहरु मध्ये ७ कामदारहरुको उत्पादकत्व रोबोटको उत्पाकत्व भन्दा कम छ ( कामदारहरु भन्दा रोबोटहरु दक्ष हुन्छन ) | अर्थात ८७ % कामहरुमा कामदारलाइ काम लगाउनु भन्दा रोबोटलाई काम लगाउनु फाइदा जनक छ | यस्तो अवस्थामा यदि लगानी कर्ताहरुले मानबिय पक्षलाइ नहेरेर केवल श्रमलागत घटाउने कुरामा मात्र ध्यान दिए भने समाजले छिटै ठुलो बेरोजगारी समस्याको सामना गर्नु पर्ने छ | केवल उद्योग, होटल, रेस्टुरेन्ट, सुपरमार्केट, भण्डारण केन्द्र जस्ता क्षेत्रमा मात्र होइन अति उच्च शैक्षिक जनशक्ति प्रयोग हुने क्षेत्रमा समेत स्वचालित रोबोटहरुको भूमिका बिज्ञहरुको भन्दा उत्तम रहेको कुरा प्रमाणित भइसकेको छ | जस्तै : अहिलेकै अवस्थामा यदि एउटा बिसेषज्ञ डाक्टरको ठाउँमा रोबोटलाइ काम गर्न दिएमा उक्त रोबोटले सो बिसेषज्ञ डाक्टरले भन्दा छिटो र राम्रो काम गर्न सक्छ किनकि हरेक मिनेटमा नयाँ खोजहरु भइरहेको अहिलेको संसारमा बिसेषज्ञ डाक्टरले भन्दा रोबोटले छिटो नयाँ जानाकारी हासिल गर्न सक्छ र त्यसलाइ तत्काल रोग पहिचान वा उपचारमा प्रयोग गर्न सक्छ |

Organisation de coopération et de développement économique ले आफ्नो ११२ पन्नाको रिपोर्टमा यो समस्याबाट कम भन्दा कम प्रभावित हुनको लागि सम्बन्धित सरकारहरुलाई आफ्नो शिक्षा प्रणालीमा ब्यापक सुधार गर्नु पर्ने सुझाब दिएको छ | रिपोर्टमा भनिएको छ : अ ) अब यस्ता जनशक्तिहरु तयार गर्नु पर्छ जसले यात रोबोटको भन्दा बढी काम गर्न सकुन यात रोबोटको सहायक ( पुरक ) को रुपमा काम गर्न सकुन | आ ) रोबोटले कामदारहरुलाइ प्रस्तिस्थापन गर्नै नसक्ने क्षेत्र वा रोबोट निर्माणकर्ता कम्पनीको ध्यान नपुगेको क्षेत्रको पहिचान गरि सरकारले त्यी क्षेत्रहरुका लागि जनशक्ति उत्पादन गर्न तालिमहरु संचालन गर्नु पर्छ |

उदारबादी अर्थतन्त्रमा पछिल्लो समय देखिएको यो समस्या प्रति युरोपका राजनीतिक नेतृत्वहरुको ध्यान आकर्षण भइसकेको छ | कट्टर वामपन्थिहरु रोबोटको प्रयोगलाइ पूर्ण प्रतिबन्ध गर्नु पर्ने पक्षमा बोलिरहेका छन भने समाजबादीहरुले रोबोट प्रयोग गर्ने कम्पनिहरुलाई थप कर लगाएर रोबोटहरुको प्रयोगलाइ निरुत्साहित गर्नु पर्ने बिचार राख्दछन |

 

 

http://bfmbusiness.bfmtv.com/entreprise/7-travailleurs-sur-8-sont-moins-performants-que-l-intelligence-artificielle-1291059.html

7 travailleurs sur 8 sont moins performants que l'intelligence artificielle

Aujourd'hui, seuls 13% des travailleurs ont des compétences qui surpassent celles de l'intelligence artificielle. Aujourd'hui. Pas dans cinq ans, ni même dans deux. Ce chiffre est avancé par l'OCDE, dans un rapport de 112 pages qui compile différentes études et expériences scientifiques sur les robots et l'intelligence artificielle.

http://bfmbusiness.bfmtv.com