D6424128-F582-46C0-9D66-7482A60775D6-806-000000D520309342

फ्रान्सको प्रमुख प्रतिपक्ष दल LES REPUBLICAINS को केन्द्रिय सभापतिमा  42 बर्षिय नेता LAURENT WAUQUIEZ निर्वाचित भएका  छन |    ८ बर्ष संसद सदस्य, ८ बर्ष नगरपालिका प्रमुख, ४ बर्ष सहायक मन्त्रि, २ बर्ष मन्त्रिको रुपमा सफलता पुर्वक आफ्ना जिम्मेवारी पुरा गरेका उनि हाल क्षेत्रीय परिषद अध्यक्ष छन् |  उनका बिचारहरु फ्रान्सको कट्टर दक्षिण पन्थि पार्टिसँग नजिक   रहेको भनि पार्टि भित्रका उनका  बिरोधिहरुले उनको  आलोचन गरिरहेका छन |  तर उनि आफ्नोबिचार प्रति द्रिढ   देखिन्छन | यस कारण पार्टि भित्रको एउटा  ठुलो   समुहले मध्यमार्गि  पार्टि  LA REPUBLIQUE EN MARCHE सँग तालमेल गर्न   सक्ने प्रवल सम्भवना छ | 

Droite Sociale  नाम दिएर् प्रस्तुत गरिएको उनको आर्थिक कार्यक्रमका मुख्य बुदाहरु यस प्रकार छन: 
>> हप्तामा ३५ घण्टा मात्र श्रम गर्ने गराउने हालको कानुनि कानुनि प्रबन्धमा परिवर्तन गर्ने : हप्तामा कति घण्टा काम गर्ने वा गराउले भन्ने कुरा रोजगारदाता र कामदारले निश्चित गर्न पाउने नयाँ व्यवस्था लागु गर्ने | 
>> हालसम्मको सामाजिक सुरक्षा प्रणाली अन्तरगत वितरण गरिदै आएको भत्ता प्रणाली अनुसार न्युनतम तलबमा काम गर्ने ब्याक्तिले भन्दा काम नै नगरी भत्ता बुझ्ने ब्याक्तिले बढी आय गर्ने स्थिति छ |  उनको कार्यक्रम अनुसार सामाजिक सुरक्षा बापत ब्याक्तिले प्राप्त गर्ने  मासिक  भत्ताको रकम तोकिएको न्युनम तलबको ७५ प्रतिसत भन्दा बढी हुने छैन | 
>> काम नगरी सरकारी भत्ता बुज्ने सपांग ब्याक्तिले सो भत्ता बुझे बापत प्रति हप्ता ७ घण्टा सार्वजनिक महत्वको काम ( झारा )  गर्नु पर्ने नयाँ व्यवस्था | 
>>  हाल  बार्षिक करिब २ लाख आप्रवाशीहरु फ्रान्समा आउने गरेकोमा यो संख्यालाइ केहि दशहजारमा सिमित गर्नु पर्ने | यसका लागि युरोपियन युनियनको अवधारणा लाइ पुन परिभाषित गर्ने | गैर कानुनि आप्रवाशीले पाउदै आएका निशुल्क उपचार लगाएतका सुबिधाहरु खारेज गर्नु पर्ने | 
>> सम्पन्न बर्गले कर तिर्ने र बिपन्न बर्गलाई  सामाजिक सुरक्षा बापत सुबिधा प्रदान गर्ने | तर हाल सम्म मध्यम बर्गमाथि लादिदै आएको करलाइ खुकुलो गर्दै जाने |
 
नेपाली समाजको सन्दर्भमा निकै सामान्य लाग्ने माथिका मुद्दाहरु  फ्रान्सको सामाजका लागि भने  निकै महत्वपूर्ण छन | हाल पार्टी प्रमुख बनेका उनि आउदो राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार भइ निर्वाचित हुन सकेमा माथिका बुदाहरु लागु हुनेछन | 



Cordialement,


___
Ce message est strictement confidentiel. Son integrite n'est pas assuree
sur Internet. Le contenu de ce message ne peut engager la responsabilite
de Maxihome. Si vous n'etes pas destinataire du message, merci d'en
avertir immediatement l'expediteur et de le detruire.
This e-mail is privileged and may contain confidential information intended
only for the person(s) named above. If you receive this e-mail in error,
please notify the sender immediately by telephone or return e-mail.
 
Afin de contribuer au respect de l'environnement, merci de n'imprimer ce mail qu'en cas de nécessité