nutri score

nutri score 1

हाल बजार

nutri score 2

हाल बजारमा पाइने केहि तयारि तथा अर्ध तयारि खाद्द्य पदार्थहरुको बट्टामा  माथि चित्रमा देखाए जस्तै पाँच फरक रङ्ग भित्र A देखि E लेखिएको देख्न सकिन्छ | यसलाई लो न्युट्रि स्कोर ( Le Nutri Score) भनिन्छ |
कुनै पनि खानामा तरकारी तथा फलफुल, प्रोटिन, फाइबर आदि को मात्र धेरै हुनु राम्रो मानिन्छ भने इनर्जी, तेल वा बोसो, चिनी र नुनको मात्र बढी हुनु राम्रो मानिदैन |
लो न्युट्रि स्कोर A भएको खानामा तरकारी तथा फलफुल, प्रोटिन, फाइबर आदि जस्ता पदार्थहरुको मात्रा तुलनात्मक रुपमा सबै भन्दा बढी हुन्छ भने लो न्युट्रि स्कोर E भएको खानामा इनर्जी, तेल तथा बोसो, चिनी र नुन जस्ता पदार्थको मात्र तुलनात्मक रुपमा सबै भन्दा  बढी हुन्छ |
उपभोक्ताहरुले बजारमा उपलब्ध तयारि तथा अर्ध तयारि खाध्य पदार्थको गुणस्तर सजिलै छुटाउन सकुन भन्ने हेतुले धेरै ठुला मार्कहरुले आफ्ना उत्पादनहरुमा लो न्युट्रि स्कोर राख्न थालेको छ | बिस्कुट, चिप्स, सुक्का फलफुल, जुस, मासुबाट बनेका परिकार, तरकारी तथा फलफूलबाट बनेका परिकार, दुधबाट बनेका परिकारहरु आदि आदि मा   लो न्युट्रि स्कोर लगाउने प्रचलन ब्यापक हुदै गैरहेको छ | हालको लागि अनिवार्य नभए पनि फ्रान्सको सरकारले यस कार्यलाई अनिवार्य बनाउने तर्फ कानुन पास गराउने तयारि गरिरहेको छ |