स्कुलमा युरोपियन भन्दा हामी अब्बल /
 फ्रान्समा  पुर्व प्राथमिक बिद्यालय तहमा  A, B, C, D  पनि सिकाइदैन | बच्चाको तिन बर्ष समय खेलेरै बित्छ | यो अवधिमा बच्चालाइ पढ्न लेख्न लगाउन पाइदैन |  प्राथमिक बिद्यालय तहमा  बिशेष गरि फ्रेन्च र गणित मात्र पढाइ हुन्छ | पाच बर्षे यो अवधिमा न त कुनै प्रकारको गृह कार्य हुन्छ, न त कुनै प्रकारको परिक्षा हुन्छ, न त सामान्य अवश्थामा कक्षा दोहोराउन नै पाइन्छ | हप्ताको चार दिन स्कुल गए मात्र पुग्ने र स्कुल अवधिमा पनि विभिन्न अतिरिक्त क्रियाकलाप हुने गर्दछन | चार बर्ष सम्म चल्ने  उच्च माध्यामिक बिद्यालय तहमा पनि न त कुनै खालको गृह कार्य हुन्छ, न त कक्षा दोहोराउनै पर्ने बाध्यकारी व्यवस्था | हप्तामा साढे चार दिनको स्कुल |  चार बर्षमा जम्मा एक पटक (अन्तिम बर्ष ),  त्यो पनि केवल चार वटा बिषयको मात्र  परिक्षा दिए पुग्छ | तिन बर्षे उच्च मा बि को हालत पनि उही छ | नेपालको पाठ्यक्रम सँग तुलना गर्ने हो भने तत्कालिन माध्यमिक तहको पाठ्यक्रम भन्दा त्यति धेरै स्तरीय देखिदैन | तिन बर्षे उच्च माध्यामिक तहमा  जम्मा  एक पटक ( अन्तिम बर्ष )  नौ वटा बिषयको परिक्षा दिनु पर्ने हालको व्यवस्थामा पनि सुधार गर्ने योजना छ | जस अनुसार सन् २०२० देखि उच्च मा वि मा अध्ययनरत बिध्धार्थीले तिन बर्षमा केवल एक पटक ( अन्तिम बर्ष ) केवल चार बिषयको जाँच दिनु पर्ने छ | अन्य बिषयको सवालमा  आन्तरिक मुल्यांकनमा भर परिने |  सार्वजनिक बिदा बाहेक हरेक तहमा साढे तिन महिना बिद्यालय बन्द रहने परिपाटी / यति सजिलो हुदा हुदै पनि सरोकार वालाहरु बिद्यार्थीहरुलाई स्कुलमा बढी दवाब रहेको र यसलाई खुकुलो गर्नु पर्ने कुराको वकालत गरिरहन्छन |
 
मुस्किलले बर्षमा दुइ महिना मात्र स्कुल बन्द हुने, हरेक ३ / ६ महिनामा  जाँच गरिने, धेरै भन्दा धेरै गृहकार्य दिदा अभिभावक खुसि हुने, अग्रेजी माध्यममा जति सक्यो ठुला किताब पढ्नु / पढाउनुलाइ स्कुलको सफलता मान्ने बानि परेको हामीलाई सरसर्ती हेर्दा फ्रान्सका बिद्यार्थीहरुले केहि नसिके जस्तो लाग्छ | न त घरमा बिध्यार्थिलाई पढ्ने दबाब दिने गरिन्छ, न त कुनै टिउसन कक्षाहरु छन् /