राष्ट्रपतिको अंग रक्षकको पिटाइले फ्रान्समा ल्याएको भुकम्प : तस्बिरमा देखिने यी ब्याक्तिको नाम हो Alexandre Benalla  हो | गत जुलाई १७ तारिक देखि हाल सम्म फ्रान्सका राष्ट्रिय मेडियाहरु यिनैका समाचारले भरिएका छन्, अदालतमा बहस जारि छ, प्रहरीको सोधपुछ जारि छ | यिनै ब्याक्तिको कारण  संसदमा संबिधान संसोधन सम्वन्धि बहश पटक पटक स्थगित गरियो, बिपक्षीहरु संसद अवरुद्द गरिरहेका छन् | सामाजिक संजाल यी ब्याक्तिकै फोटाहरु र समाचारहरुले भरिएका छन् |  गृह मन्त्रि लगायत उच्च स्तरका सबै जसो सुरक्षा प्रमुखहरुले संसदीय समितिमा जवाफ दिइसकेका छन् | गृह मन्त्रीको राजिनामा माग भैरहेको छ | सबै जसो पार्टीका उच्च नेताहरुले यस बारेमा आफ्नो धारण दिइ सकेका छन् | यो चर्चा सेलाउन अझै केहि दिन लाग्ने देखिन्छ |

कारण : हरेक बर्ष जस्तै मे १ तारिकमा पेरिसमा भएको प्रदर्शनमा दंगा मच्चाउन खोज्ने दुइ जनालाई प्रहरीले नियन्त्रण लिने प्रयास गर्दै थिए |   सो दिन पर्यबेक्षकको रुपमा सुरक्षा कर्मीहरु सगै खटिएका राष्ट्रपतिका अंग रक्षक Alexandre Benalla ले  ति दुइ आन्दोलनकारी माथि भौतिक आकर्मण गरे र नियन्त्रणमा लिए | यसरि नियन्त्रणमा लिने क्रममा हातपात गरिएको भिडिओ जुलाई १७ मा सार्वजनिक भयो | यो भिडिओको कारण नै अहिले फ्रान्समा ठुलो हङ्गामा भैरहेको छ |  गत दुइ बर्ष देखि हालका राष्ट्रपतिको प्रमुख अंग रक्षकको रुपमा काम गर्दै आएका Alexandre Benalla त्यस अघि  समाजवादी पार्टीका उच्च स्तरका नेताहरुको अंग रक्षकको रुपमा काम गरेका थिए |
फ्रान्समा एक ब्याक्तिले अर्को ब्याक्तिलाई पिट्नुलाइ अपराध मानिन्छ | अझ त्यसमा पनि सुरक्षा निकायमा रहेको ब्याक्तिले  प्रतिरक्षाको अवस्थामा बाहेक अन्य अवस्थामा हातपात गर्नुलाइ अझ ठुलो अपराध मानिन्छ | यहि मान्यताका ( कानुन ) आधारमा यो बिषयले यति धेरै चर्चा पाएको हो | घटनाको अर्को दिन ( दुइ मे ) मा नै Alexandre Benalla लाइ विभागीय कारवाही गरिएको थियो तर बिपक्षीहरुका अनुसार  सकारले घटनालाइ ढाकछोप गर्न खोजेको र यस्तो गम्भीर प्रकृतिको घटनामा विभागीय कारवाहीमा समित गर्न नहुने तर्क राखे \ फलस्वरूप अदालतमा यो मुद्दा  चलिरहेको छ |

यहा  स्कुलमा शिक्षकले बिद्यार्थी पिटदैन, घरमा बुवा आमाले छोरा छोरी पिटदैन, पुलिशहरुले अभियुक्तहरु पिटदैन , एक आपसमा झगडा  गर्दा मानिसह हरु यति सचेत हुन्छन ताकि पहिलो पटक आफुले नपिटियोस,  झगडा गर्ने क्रममा प्राय जसो मानिसहहरुले आफ्ना हातहरु पछाडी राखेका हुन्छन |  यसो भैरहदा मानिसहरु अरुलाई पिट्ने कुरा एउटा ठुलै घटनाको रुपमा लिन्छन चाहे त्यो आफ्नै छोरा छोरीको हकमा किन नहोस |
हाम्रो समाजमा एकले अर्कोलाइ पिट्ने कुरालाई सहजै लिने चलन छ | गृहकार्य गरेन, बुवा आमाले भनेको मानेन, पुलिशले सोचे अनुसारको जवाफअभियुक्तले दिएन, कसैले  चोरी गर्यो, गाडीले कसैलाई किच्यो, अलि दरो बादबिबाद भयो आदि घटनामा मिल्ने सजाय  भनेको पिटाइ नै हो | अझ श्रीमानले श्रीमतीलाई पिट्ने कुरा त कानुनि सजाय दिने निकायले नै  आपसी मिलो मोतोको नाममा बैधानिक बनाइदिन्छ |  यी सबै घटनाहरु सानै उमेर देखि दैनिक जसो देखेकै कारण बलियोले निर्दोलाई पिट्नु वा आफ्नो संरक्षण प्राप्त ब्याक्तिलाई पिट्नुलाइ हामीले सहजै लिने गरिन्छ |
आशा गरौ हाम्रोमा पनि यो मानसिकतामा छिटै परिवर्तन  आउने छ |