macron

रामचन्द्र भण्डारी
पेरिस, फ्रान्स

फ्रान्सको एउटा स्वायत्य प्रदेश नुभेल कालेदोनिमा हिजो भएको जनमत संग्रहमा स्वतन्त्र नुभेल कालेदोनिको विपक्षमा अत्यधिक बहुमत हासिल भएको छ | अर्थात नुभेल कालेदोनि फ्रान्सकै एउटा प्रान्तको रुपमा रहने पक्षमा जनमत जाहेर भएको छ |

फ्रान्सको मुख्य भूमिबाट १८ ००० कि मि को दुरीमा रहेको समुन्द्रपारीको यो प्रान्त सन १८५३ देखि फ्रान्सको कोलोनीको रुपमा रहेको छ |दसौ साना ठुला  समुन्द्री टापुहरुबाट बनेको यो प्रान्तको क्षेत्रफल 18776 बर्ग कि मि र जनसंख्या करिब २७०००० छ | ४३ प्रतिसत कानाक समुदाय, २७ प्रतिसत युरोपियनहरु र ३० प्रतिसत एसियन मुलका नागरिक रहेको यो प्रान्तमा कानाक समुदायका अधिकाम्स नागरिकहरु स्वतन्त्र नुभेल कालेदोनि समर्थक मानिन्छन | नुभेल कालेदोनिका बासिन्दा र सन १९९४ भन्दा अगाडी त्यो प्रदेशमा बसाइ सरेका गरि जम्मा करिब १७५ ००० मतदाताहरु मतदाता नामावलीमा दर्ता गरिएका थिए |
विश्व मानचित्रमा आफ्नो सैनिक प्रभाब बिस्तार गर्न, विश्वकै तेश्रो निकेल धातुको भण्डारको उपयोग गर्न र पर्यटनको प्रवर्धनको लागि यो प्रान्त फ्रान्सको केन्द्रिय सरकारको लागि धेरै महत्व पूर्ण मानिन्छ | फ्रान्सको नागरिकता, केन्द्रिय सरकारबाट प्राप्त हुने अनुदान र त्यस प्रान्तका जनताहरुले प्राप्त गर्ने फ्रान्सको सामाजिक सुरक्षा व्यवस्थाले नुभेल कालेदोनि प्रान्तका जनतासग प्रत्यक्ष सरोकार राख्दछ | यहि अन्तर सम्बन्धको कारण नै ५७ प्रतिसत जनताहरुले स्वतन्त्र नुभेल कालेदोनिको विपक्षमा मतदान गरेका छन |

nouvelle calédonie

नुभेल कालेदोनि प्रदेशले जनमत संग्रहको अवसर सजिलै पाएको भने होइन | सन १९८४ देखि सन १९८८ सम्म त्यहाका पृथकताबादीहरुले केन्द्रिय सरकार र गैर पृथकताबादीबिरुद्द एउटा अभियान चलाएका थिए | सो अवधिमा यस अभियानका प्रमुख नेता सहित २० जना पृथकतावादी र ५ जना सैनिकहरुको मृत्यु भयो | यो बिद्रोह रोक्न सन १९८८ मा केन्द्रिय सरकारले तत्काल प्रान्तलाइ प्रयाप्त स्वाधिनता प्रदान गर्ने र छिटै जनमत सग्रहको आयोजना गर्ने प्रतिबद्दता जाहेर गर्यो | यहि सम्झौता अनुसार फ्रान्सको केन्द्रिय सरकारमा सुरक्षा, रक्षा, विदेश मामिला, कानुन र मुद्राको नियन्त्रण रहने गरि प्रदेश सरकारलाई आफ्नो कानुन आफै बनाइ लागु गर्न पाउने अधिकार प्रदान गरियो । त्यस्तै सन १९९८ मा २० बर्ष भित्र अर्थात सन २०१८ सम्ममा जनमत संग्रह गरिने प्रतिबद्दता जाहेर गरियो | सोहि योजना अनुसार हिजो नुभेल कालेदोनिमा जनमत संग्रह गरिएको हो |

यस प्रकार विश्वमा थप एक स्वतन्त्र देशको संख्या थपिने सम्भावना हाल लाइ टरेको छ | तर सन १९८८ मा पृथकताबादी सग गरिएको सम्झौता अनुसार यो जनमत संग्रह अन्तिम जनमत संग्रह भने होइन | त्यो सम्झौता अनुसार सन २०१८ मा स्वतन्त्र कालेदोनिको बिपक्षमा बहुमत जाहेर भएको खण्डमा पुन सन् २०२० मा अर्को जनमत संग्रह गर्नु पर्ने छ | यदि दोश्रो जनमत संग्रहमा पनि स्वतन्त्र कालेदोनिकै पक्षमा बहुमत जाहेर भएमा पुन तेश्रो र अन्तिम पटक सन २०२२ मा जनमत संग्रह गराउनु पर्ने प्रावधान छ | तेश्रो र अन्तिम पटकको जनमत संग्रह पनि फ्रान्सको केन्द्रिय सरकारको पक्षमा देखिएमा नुभेल कालेदोनि सदाको लागि फ्रान्सको भूभाग हुनेछ |

रामचन्द्र भण्डारी
पेरिस, फ्रान्स