macronरामचन्द्र भण्डारी

पेरिस, फ्रान्स

फ्रान्समा बिगत दुइ महिना देखि चलिरहेको जीले जोन आन्दोलनका मागहरुलाइको बारेमा सम्पूर्ण जनताको राय बुझ्ने अभिप्रायले फ्रान्सका राष्ट्रपतिले एउटा राष्ट्रिय बहश चलाउने घोषणा गरेका छन ? यसका लागि उनले चार बिषयमा जम्मा ३२ वटा प्रश्न सोधेका छन ? यो बहश आगामी दुइ महिना अर्थात मार्च १५ सम्म चल्नेछ | नगर तथा गाउपालिकाहरु, जिल्ला, क्षेत्र तथा विभिन्न संघ संथाहरुले छलफलको आयोजना गर्नेछन | यी बहसहरुबाट प्राप्त सुझाबको आधारमा संबिधान संसोधन सहित अन्य सुधारका कार्यहरु अगाडी बढाइने अपेक्षा गरिएको छ / हिजो राष्ट्रपतिद्वारा आम नागरिकलाई सोधिएका ३२ प्रश्न यस प्रकार छन :
A ) कर प्रणाली र सार्वजनिक सेवा
१) कसरि हाम्रो कर प्रणालीलाई न्यायपूर्ण र प्रभावकारी बनाउन सकिन्छ ?
२) तपाइँहरुको बिचारमा कुन चाहि कर घटाउनु पर्ला ?
३) तपाइँहरुको बिचारमा सार्वजनिक खर्चको कटौती कसरि गर्न सकिएला ?
४) तपाइहरुको नजरमा के त्यस्ता सार्वजनिक सेवाहरु छन जुन उपयोगिताको तुलनामा धेरै महंगा वा अहिले समय अनुसार अनावस्यक छन ?
५) अहिलेको जमानाको लागि अति आवस्यक तर हाल सम्म प्रदान नगरिएको कुनै सार्वजनिक सेवाको आवस्यकता देख्नु हुन्छ ?
6) सबै क्षेत्र र समुहका नागरिकहरु बिचमा सामाञ्जस्यता ल्याउनको लागि एउटा साझा सहमति कसरि बनाउने? कुन कुन उद्देस्यहरुलाई प्राथमिकतामा राख्ने ?
B केन्द्र र स्थानीय तह
7) केन्द्र देखि वडासम्मका प्रसासनिक तहहरु र निर्वाचित निकायहरुका तहहरु धेरै भए जस्तो लाग्दैन ?
८) विकेन्द्रीकरणलाइ जोड दिनु आवस्यक छ ? स्थानीय तहलाई बढी अधिकार दिनु आवस्यक छ ? छ भने कुन तहलाई र कुन कुन सेवाको लागि ?
९) राज्य कसरि व्यवस्थित होस् भन्ने चाहानु हुन्छ ? राज्यले कसरि आफ्नो कार्यलाई प्रभावकारी बनाउन सक्ला ?
१०) सार्वजनिक प्रसासनको कार्य प्रणालीमा सुधारको आवस्यकता देख्नु हुन्छ ?
११) बिकट गाउ बस्तीहरुका समस्या समाधानका लागि राज्य र स्थानीय निकायहरुका गतिबिधिहरुलाइ कस्तो सुधार गर्नु आवस्यक छ /
C) नविकरणिय उर्जा तर्फको यात्रा
१२) नविकरणिय उर्जा तर्फको यात्रालाइ कसरि आर्थिक श्रोत जुटाउनु ठिक होला? प्राथमिकतामा : सेवा सुल्कबाट वा करबाट?
१३) वातावरण संरक्षणमा सबैको सहभागिता गराउन कसरि सम्भब होला ? जस्तै : नयाँ सोदिएर ( घर गरम राख्ने मेसिन ) र नयाँ गाडी प्रयोगलाइ कसरि प्रोत्साहन गर्नु ठिक होला ?
१४) वातावरण मैत्री उपकरणहरुको प्रयोग गर्न चाहनेहरुलाई सरकारले कसरि आर्थिक सहयोग गर्दा प्रभावकारी होला ?
१५) वातावरणमा कम भन्दा कम प्रतिकुल असर पर्ने गरि खानपिन, बसाइ, यात्रा, घर तातो राख्ने काम आदि कुराहरुको व्यवस्थापन गर्न केन्द्र वा स्थानीय तह मध्ये कुन तहको पहल प्रभाबकारी होला ?
१६) नविकरणिय उर्जा तर्फको यात्रालाइ गति दिनको लागि तपाइका प्रस्ताबहरु के के छन ?
१७) बायो डाइभरसिटिको बचाईराख्न के गर्नु पर्ला ?
१८) युरोपियन तथा गैर युरोपियन मुलकबाट आयातित बस्तुसग फ्रान्समा उत्पादित बस्तुले प्रतिस्प्रधा गर्नको लागि कस्तो रणनीति लिनु पर्ला ?
D) प्रजातन्त्र, नागरिकता र आप्रवाशी
१९) खालि भोटलाइ मान्यता दिनु उचित होला?
२०) अनिवार्य मतदानको व्यवस्था उचित होला ?
२१) प्रतिनिधि सभा निर्वाचनमा कति प्रतिसत साम्सद सदस्यहरु समानुपतिक प्रतिनिधित्वबाट निर्वाचित गराउनु उचित होला ?
२२) साम्सद तथा अन्य जनप्रतिनिधिहरुको संख्या कुन अनुपातमा घटाउनु उचित होला ?
२३) स्थानीय निकाय र सिभिल सोसाइटीको उचित प्रतिनिधित्व गर्नका लागि हाम्रा तिन तहका सदनहरु ( प्रतिनिधि सभा, राष्ट्रिय सभा र बिशेषज्ञहरुको सभा ) ले कस्तो भूमिका खेल्नु पर्ला ?
२४) तिन तहका सदनहरुको संरचनामा फेरबदलको आवस्यकता छ ? छ भने कसरि ?
२५ ) निर्णय प्रक्रियामा जनताको सहभागिता बढाउँन, प्रजातन्त्रलाइ बढी सहभागितामुलक बनाउनको लागि के गर्नु पर्ला ?
२५) सार्वजनिक महत्वको कुनै बिषयमा निर्णय लिनको लागि निर्वाचित प्रतिनिधिको सट्टा चिट्टा प्रथाद्वारा छनोट गरिएका नागरिकहरु संलग्न गराउनु उचित होला ?
२७) सार्वजनिक महत्वको कुनै बिषयमा निर्णय लिनको लागि निर्वाचित प्रतिनिधिको सट्टा जनमत संग्रहको आयोजना गरिनु उचित होला ?
२८) फ्रान्समा स्थाईरुपमा बस्न चाहने आप्रवासीहरुलाई कसरि उचित ब्यवश्थापन गर्न सकिएला ?
२९) सरणार्थि बाहेकका अन्य आप्रवाशीहरुको हकमा संसदले देशको आवश्यकता अनुसार बार्षिक कोटा निर्धारण गर्नु उचित होला ?
३०) आप्रवाशी समस्या समाधानका लागि तपाइँका सुझाबहरु के छन ?
३१) राज्य र धर्मको सम्बन्धका बीच धर्म निरेपेक्षताको सिद्दान्तलाइ कसरि कडाइका साथ लागु गर्न सकिएला ?
३२) विभिन्न धार्मिक समुहका भिन्न भिन्न मान्यता र धर्म निरेपेक्ष राष्ट्रको सबै धर्म प्रतिको एकल नीति बीच कसरि सामान्जन्स्यता ल्याउन सकिएला ?
रामचन्द्र भण्डारी
पेरिस, फ्रान्स