08 novembre 2017

फ्रान्समा रोबोट ( यन्त्र मानब ) द्वारा कर्मचारी छनौट

    फ्रान्समा कर्मचारी  तथा कामदार छनौट्का लागी रोबोट ( Robot ) को प्रयोग गर्न थालिएको छ | सुन्दै अचम्म लाग्ने यो बिधिलाइ  रोजगारदाता र बेरोजगार बर्ग दुबैले सहज रुपमा लिएका छन | यो बिधि प्रयोग गर्नुमा रोजगारदाता कम्पनि तथा श्रम बजारका मध्यस्थकर्ता कम्पनिका  दुइ मुख्य उद्देस्यहरु  छ्न : समयको बचत गर्नु र जतिसक्यो धेरै युवा  ( कम्पुटर र सुचना प्रबिधिको राम्रो ज्ञान भएका ) कर्मचारी तथा कामदारहरु छनौट गर्नु | फ्रान्समा रोबोटबाट कामदार छनौट गर्दा प्रयोग गरिने माध्यमलाइ साबो ( chat-bot ) भनिन्छ |... [Lire la suite]
Posté par Ramchandra à 10:54 - - Commentaires [0] - Permalien [#]

29 octobre 2017

निजि बिद्यालयका शिक्षकको तलब सरकारले बेहोर्ने फ्रान्सको अनौठो व्यवस्था

फ्रान्समा बिद्यालय तहलाइ चार भागमा बाडिएको छ :  अ ) पुर्व प्रा बि ( Maternelle ) : यो तहमा ३ बर्ष देखि ६ बर्ष सम्मका बच्चाहरु भर्ना हुने गर्दछन | यो तह अनिवार्य छैन | यस तहमा बालकहरुलाइ पढाउने र लेखाउने गरिदैन | बच्चाहरुले ३ बर्षको पुरा अवधि खेल खेलेर र चित्रहरु बनाएर बिताउछन | यो उमेर समुहका बच्चाहरुलाई पढाइ लेखाइमा सहभागी गराउदा उनीहरुको सारीरिक तथा मानसिक बृदी बिकासमा नराम्रो असर पर्छ भन्ने मान्यता छ | आ ) प्राथमिक बिद्यालय ( Primaire ) : ६ देखि ११ बर्ष उमेर समुहका बच्चाहरु भर्ना हुने यो तह अनिवार्य हो | बिशेस गरि फ्रेच र... [Lire la suite]
Posté par Ramchandra à 21:54 - - Commentaires [0] - Permalien [#]
26 octobre 2017

व्यापारिक प्रयोजनका लागि टेलिफोन कल गर्दा ७५ हजार युरो जरिवाना लाग्ने

  फ्रान्समा सबै तहका गरि करिब ३० लाख ( १७% ) कामदारहरु पूर्ण रुपमा अनलाइन द्वारा काम गर्दछन भने करिब त्यति नै संख्यामा आम्सिक रुपमा अनलाइनबाट काम गर्ने कर्मचारीहरु छन | अनलाइनबाट काम गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ | लेण्ड लाइन, मोबाइल फोन र कम्पुटरको प्रयोगद्वारा गरिने यसप्रकारको काममा टेलिफोन कलको प्रयोगबाट सर्वसाधारणले धेरै सास्ती बेहोर्नु पर्यो | आफ्नो  बस्तु तथा सेवा बिक्रि गर्न  वा प्रचारका  लागि जुनसुकै कम्पनीले कुनै पनि बेला फोन गर्न सक्ने हुदा मानिसहरुको  दैनिक जीवनमा नराम्रो प्रभाब... [Lire la suite]
Posté par Ramchandra à 12:08 - - Commentaires [0] - Permalien [#]
19 octobre 2017

सम्बन्धित मन्त्रीको नाममा सबै जसो नयाँ कानुन बन्ने अनौठो चलन

  फ्रान्समा कुनै मन्त्रीले कानुनको मसौदा बनाइ संसदमा प्रस्तुत गर्छ र त्यो कानुनको मसौदा संसदबाट पारित भइ कानुन बनेको अवस्थामा उक्त मन्त्रीको नाम जोडेर कानुनको नामकरण गर्ने चलन छ | जस्तै : माक्रोँको कानुन ( Loi Macron ), पिनेलको कानुन ( Loi Pinel ), आमोँको कानुन ( Loi Hamon ), तोबिराको कानुन ( Loi Taubira ), एल कोम्रीको कानुन ( Loi El Khomri ) , ओब्रिको कानुन ( Loi Aubry ), आदि | यहाँ सम्बन्धित कानुन तयार गरि संसदबाट पारित गराउन भूमिका खेल्ने मन्त्रीहरु हुन : माक्रों, पिनेल, आमों, तोबिरा, एल कोम्री, ओब्रि | यसरी मन्त्रीको... [Lire la suite]
Posté par Ramchandra à 00:46 - - Commentaires [0] - Permalien [#]
24 septembre 2017

फ्रान्सको नयाँ आवास व्यवस्थापन सुधार योजना

  फ्रान्सका बर्तमान राष्ट्रपतिले आफ्नो चुनाबी घोषणापत्रमा आवास व्यवस्थापन सबन्धमा गरेका प्रतिबद्दता पुरा गरिने भएको छ | २२ / ०९ / २०१७ का दिन आवास मामिला सँग सम्वन्धित मन्त्रीले सरकारको नयाँ आवास व्यवस्थापन सुधार योजना पत्रकार सम्मेलन मार्फत प्रस्तुत गरेका छन | धेरै भन्दा धेरै आवासहरु निर्माण गरेर आवासहरुको बजार मूल्य र भाडा रकम कम गर्ने लक्ष लिइएको छ | धेरै भन्दा धेरै मध्यम बर्गीय परिवारको आफ्नो निजि आवास होस र देशभर भएका आवासहरु कम भन्दा कम उर्जा खपत गर्ने खालका बनुन भन्ने लक्षका साथ पेस गरिएको नयाँ आवास व्यवस्थापन सुधार... [Lire la suite]
Posté par Ramchandra à 15:56 - - Commentaires [0] - Permalien [#]
14 septembre 2017

फ्रान्समा सार्वजनिक स्थलमा महिलाहरु जिस्काउनेलाइ तत्काल जरिवाना तिराइने

         फ्रान्समा सार्वजनिक स्थलमा महिलाहरु जिस्काउने पुरुषहरु दण्डित हुने भएका छन | महिला पुरुष समानता मामिला सहायक मन्त्रि Marlène Schiappa ले रास्ट्रिय टेलिभिजन मार्फत छिट्टै बन्दै गरेको नयाँ कानुन बारे जानकारी दिदै भनेकी छन << एकातिर आकर्षण हुन्छ जसको कारण सहमतिमा सम्बन्ध रहन सक्छ अर्को तिर बलात्कार हुन्छ जुन अपराध कानुन द्वारा दण्डित गरिन्छ | तर यी दुई को बीच एउटा यस्तो अवश्था छ कि पुरुषहरु महिलालाइ बाटो , सार्वजनिक यातायात तथा अन्य सार्वजनिक स्थलमा जिस्काएर सताईरहेका हुन्छन तर उनिहरु... [Lire la suite]
Posté par Ramchandra à 22:23 - - Commentaires [0] - Permalien [#]

01 septembre 2017

फ्रान्समा संसोधित श्रम कानुनका कामदार बिरोधि मुख्य बुँदाहरु

३१ / ०८ / २०१७ का दिन फ्रान्सका प्रधानमन्त्रि तथा श्रममन्त्रीले संसोधित श्रम कानुनको खाका पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे | ठुला तथा साना कम्पनिहरुलाइ कामदार नियुक्तिमा प्रेरित गर्नको लागि भनेर गरिएको यो संशोधनले कामदारहरुको स्थायित्वमा प्रत्यक्ष प्रभाब पार्ने देखिन्छ | कामदार बिरोधि ४ प्रमुख बुँदाहरु यसप्रकार छन :  १ ) हाल घरेलु काम लगायत सबै खालका निजि क्षेत्रमा स्थाई काम दिने चलन छ | यसलाई स्थाई श्रम सम्झौता ( CDI ) भनिन्छ | कामदारले गम्भीर गल्ति गरेको अवश्थामा बाहेक रोजगारदाताले कामदारलाइ काम बाट हटाउन सक्दैन | श्रम... [Lire la suite]
Posté par Ramchandra à 01:10 - - Commentaires [0] - Permalien [#]
18 août 2017

प्राकृतिक प्रकोप पछि बिकसित देशमा राहत उठाउने र वितरण गर्ने काम किन हुदैन ?

  नेपालमा जब बाढी, पहिरो, आगलागी, भुकम्प, आदि जस्ता ठुला प्राकृतिक बिपत्तिहरु आइलाग्छन, सुरक्षाबल को नेतृत्वमा उद्दार कार्य हुने गर्छ | उद्दार पछि हुने राहत संकलनको चरणमा देस तथा विदेशका सरकारी, अर्धसरकारी तथा निजि क्षेत्रबाट राहात रकम तथा राहात सामाग्री जम्मा गर्ने काम गरिन्छ | काहाली लाग्दा फोटाहरु र भिडियोहरुलाइ संसार भर फैलाइन्छ ताकि धेरै भन्दा धेरै राहात रकम उठ्न सकोस | स्वदेशमा त हुने नै भयो, विदेशका ठुला सहरका टोल टोलमा यो वा त्यो संस्था / ब्याक्तिले नेपालमा भएको प्राकृतिक प्रकोपबाट पिडितहरुको नाममा राहात संकलन गर्ने... [Lire la suite]
Posté par Ramchandra à 22:53 - - Commentaires [0] - Permalien [#]
12 août 2017

तपाइले बजारमा किनेको अण्डा कुन देसको कुन फर्मको कति नम्बर खोरमा कुन समयमा उत्पादन भएको होला ?

  यो हप्ता भर फ्रान्स लगायत युरोपका १५ देशहरुमा बिषादी युक्त अन्डाको खरिद बिक्रिले निकै चर्चा पाइरहेको छ | यो प्रकरणको बास्तबिकता के हो ? दोषीहरु कसरि पक्राउ परे ? नेपालले यस घटनाबाट के सिक्नु पर्छ ? भन्ने बिषयमा यहा केहि प्रष्ट पार्ने प्रयाश गरिएको छ : अण्डा उत्पादन गर्ने खोरमा भएका कुखुराहरुलाई बेला बेलामा जुम्रा बिरुद्दको औषधि प्रयोग गर्नु पर्ने हुन्छ | हालसम्म प्रयोगमा रहेको औषधिले केवल ३ महिनाका लागि मात्र काम गर्छ र प्रत्येक तिन महिनामा खोरमा जुम्रा बिरुद्दको औषधि छर्ने काम हुन्छ | केहि महिना अगाडी एउटा कम्पनीले... [Lire la suite]
Posté par Ramchandra à 20:13 - - Commentaires [0] - Permalien [#]
28 juillet 2017

साम्सद बिकास कोषको रकम खारेज गरिने

हिजो फ्रान्सको प्रतिनिधि सभाले साम्सद बिकास कोषको व्यवस्था खारेज गर्ने पक्षमा कानुन पास गरेको छ | हाल सम्मको व्यवस्था अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्नको लागि प्रत्येक साम्सदले प्रति साम्सद प्रति वर्ष औषत १३० ००० € रकम प्राप्त गर्ने गर्दथे | आफ्नो निर्वाचन क्षेत्रका स्थानिय निकायको बिकास र त्यहाका संघ संस्थाहरुलाइ आर्थिक सहयोग पुराउनले लक्ष्य अनुसार व्यवस्था गरिएको साम्सद बिकास कोषको दुरुपयोग भइरहेको कुरा धेरै लामो समय देखि उठ्दै आइरहेको थियो | साम्सद हरुले आफ्ना परिवारका सदस्य तथा आफ्ना पार्टी कार्यकर्ता प्रमुख रहेका संघ... [Lire la suite]
Posté par Ramchandra à 22:12 - - Commentaires [0] - Permalien [#]