22 octobre 2017

फ्रान्समा ८० प्रतिसत जनतालाई आवास कर ( Taxe d'Habitation ) छुट

हिजो २२ / १० / २०१७ का दिन फ्रान्सको संसदले ८०% जनतालाई आवास कर ( Taxe d'Habitation )  छुट गर्ने कानुन पारित गरेको छ | आफ्नै घर वा अपार्टमेन्टमा बस्ने र बाहालमा बस्ने दुवै थरिका बासिन्दाहरुले यो कर ( Taxe d'Habitation )  तिर्नु पर्ने व्यवस्था छ | राष्ट्रपतिले गरेका चुनाबी प्रतिबद्दताहरु मध्ये यो एक महत्वपूर्ण चुनाबी प्रतिबद्दता थियो | औसत करिब आधा महिनाको तलब बराबरको रकम तिर्नु पर्ने यो कर छुट गरिदा फ्रान्सका ८० % बासिन्दाहरुको क्रयशक्ति बढ्ने छ | बार्षिक ३०००० युरो भन्दा कम आम्दानि भएका एकल महिला वा पुरुष,... [Lire la suite]
Posté par Ramchandra à 12:47 - - Commentaires [0] - Permalien [#]

15 octobre 2017

पुर्व प्रधानमन्त्री निजि कम्पनीका कर्मचारी बने

  फ्रान्सका पुर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलको तर्फबाट राष्ट्रपतिका उम्मेदवार  François Fillon ६३ बर्षको उमेरमा राजनीति छोडेर नयाँ काम सुरु गरेका छन | ६३ बर्षीय पुर्व प्रधानमन्त्रीले ३७ बर्षको राजनीतिक जीवनमा ५ बर्ष प्रधानमन्त्रि, २३ बर्ष सम्म संसद सदस्य, ५ पटक सम्म मन्त्रि, ५ बर्ष सम्म क्षेत्रीय परिसद अध्यक्षको जिम्मेवारी पुरा गरेका थिए | हाल उनि Tikehau नाम गरेको एउटा बित्तिय कम्पनिमा काम गर्दछन | उक्त कम्पनीमा उनीजस्तै १०० जना कर्मचारीहरु छन | स्वदेसी तथा बिदेसी ठुला लगानीकर्ताहरुलाई लगानी सम्वन्धि उचित... [Lire la suite]
Posté par Ramchandra à 10:01 - - Commentaires [0] - Permalien [#]
06 août 2017

फ्रान्समा शरणार्थी सम्बन्धि नयाँ ब्यवस्था

     फ्रान्समा  १२ / ०७ / २०१७ मा बसेको मन्त्रिपरिषदको नियमित बैठकले शरणार्थी सम्बन्धि नयाँ कानुन बनाउने निर्णय गरेको छ | प्रधानमन्त्रीले पत्रकार सम्मेलन मार्फत दिएको जानाकारी अनुसार यस सम्बन्धि नयाँ कानुन सेप्टेम्बर महिनामा संसदबाट छलफल तथा पारित गराइने छ | उनका अनुसार हाल सम्मको ब्यवस्था अनुसार वास्तविक सरणार्थीहरुलाइ सम्मान पुर्बक स्वागत गर्न सकिएको छैन भने आर्थिक सरणार्थीहरुले अवसर पाइरहेका छन् | सरणार्थीको मान्यता पाउन नसकेका ब्याक्तिहरु बर्षौ सम्म गैर कानुनि रुपमा फ्रान्समा रहने गरेका छन् | यी... [Lire la suite]
Posté par Ramchandra à 17:23 - - Commentaires [0] - Permalien [#]
20 juillet 2017

फ्रान्स विश्वकै एक नम्बर प्रभाबशाली देश : नयाँ राष्ट्रपतिको योगदान

   शैनिक शक्तिको प्रयोग नगरी कुनै शक्तिशाली मुलुकले विश्वका अन्य मुलुकमा आफ्नो प्रभाब बिस्तार गर्नुलाइ सफ्ट पावर भनिन्छ | खेलकुदमा सहभागिता , पर्यटकीय आकर्षण, खानपिन, सुचना प्रबिधिको प्रयोग, बाहिरी विश्वसँगको खुलापन, अन्तराष्ट्रिय मामिलाहरुमा नेतृत्व लिन सक्ने क्षमता आदिको आधारमा कुनै पनि देशको सफ्ट पावर ( Soft Power ) को सूचांक निर्धारण हुन्छ | हरेक बर्ष मापन गरिने सफ्ट पावर सूचांकमा यो बर्ष फ्रान्स एक नम्बरमा परेको छ जबकि अघिल्लो बर्ष फ्रान्स पाचौँ नम्बरमा थियो | यस प्रकार गैर शैनिक माध्यमद्वारा विश्वमा आफ्नो... [Lire la suite]
Posté par Ramchandra à 11:09 - - Commentaires [0] - Permalien [#]
11 juillet 2017

सरकारी खर्च कटौती

सरकारी कर्मचारीको संख्या कटौती नगरिकन यो बर्षको अन्त्य सम्ममा ( ६ महिनामा ) सरकारी खर्चमा ४ अरब ५० करोड यूरो बचत गर्ने योजना सरकारले प्रस्तुत गरेको छ |  राष्ट्रपतिको  प्रतिबद्दता अनुसार आउदो बर्ष बजेट घाटा ३ % भन्दा कम गर्नको लागि सरकारी खर्च कटौतीमा सबै मन्त्रालयहरु कटीबद्द देखिएका हुन् |
Posté par Ramchandra à 14:29 - - Commentaires [0] - Permalien [#]
25 juin 2017

संसदीय दलको नेता मार्क फेनो

  फ्रान्समा हालै मात्र  रास्ट्रपति र प्रतिनिधि सभाको चुनाब जितेको नयाँ शक्तिसँग यी दुवै चुनाबमा चुनाबी तालमेल गरेको मध्य मार्गी पार्टी लो मुभ मँ देमोक्रात ( मोडेम ) ले प्रतिनिधि सभामा आफ्नो पार्टीका ४२ जना साम्सदहरु को छुटै समूह बनाउने भएको छ | उक्त दलको संसदीय दलको नेता   मार्क फेनो बनेका छन् |
Posté par Ramchandra à 12:17 - - Commentaires [0] - Permalien [#]

24 juin 2017

फ्रान्समा नया शक्तिको संसदीय दलको नेतामा Richard Ferrand

फ्रान्समा नया शक्तिको संसदीय दलको नेतामा रिसार्द फेरँ निर्वाचित भएका छन् | अब उनले फ्रेन्च प्रतिनिधि सभामा रहेका नया शक्तिका ३०८ जना संसद्को नेतृत्व गर्नेछन् | उनि राजनीतिमा प्रवेश गर्नु अघि इन्सुरेन्स क्षेत्रका विशेषज्ञ थिए |
Posté par Ramchandra à 17:18 - - Commentaires [0] - Permalien [#]
22 juin 2017

समाजबादी पार्टीका संसदीय दलको नेतामा Olivier Faure निर्वाचित

समाजबादी पार्टीका संसदीय दलको नेतामा Olivier Faure निर्वाचित भएका छन् | यस अघिको निर्वाचनमा २९२ स्थान प्राप्त गरेको फ्रान्सको समाजबादी पार्टीले यस पटक जम्मा ३१ स्थान प्राप्त गरेको छ | यस अघि पनि Olivier Faure  नै संसदीय दलको नेता थिए |
Posté par Ramchandra à 23:09 - - Commentaires [0] - Permalien [#]
21 juin 2017

प्रभाबशालि मन्त्रीहरु मन्त्रीमंडलबाट बाहिरिने

         फ्रान्समा एक महिना अगाडी गठन भएको २३ सदस्यीय मन्त्रिमण्डलबाट चार जना प्रभाबशालि मन्त्रीहरुले मन्त्रीमंडलबाट बाहिरिने निर्णय गरेका छन् | यी चारजनालाइ अधिकारको दुरुपयोग गरि आफ्ना परिवारका सदस्यलाई र पार्टी कार्यकर्तालाइ फाइदा पुराएको आरोप लागेको छ | यी चार जना मध्ये नयासक्ति सग गठबन्धन गरेको पार्टी (मोडेम ) बाट आएका ३ जनाले स्वइच्क्षाले  मन्त्रीमंडल छोड्ने निर्णय गरेका हुन् | यी तिन जनाको बिरुद्द अदालतमा मुद्दा विचाराधीन भएकोले नैतिकताको आधारमा आफ्नो पद छोड्ने निर्णय गरेका हुन्... [Lire la suite]
Posté par Ramchandra à 11:57 - - Commentaires [0] - Permalien [#]
11 juin 2017

मतदान केन्द्रहरुमा मतपत्रको अभाबमा

    आज ११ जुन २०१७ का दिन फ्रान्समा भइरहेको प्रतितिधिसभाको पहिलो चरणको निर्वाचनका क्रममा १५ जिल्लाका केहि मतदान केन्द्रहरुमा मतपत्रको अभाबमा निर्वाचन प्रक्रिया प्रभावित भएको छ | सबै मतदान केन्द्रहरुमा मतपत्र पुराउने जिम्मा पाएको कम्पनीले समयमा मतपत्र नपुराउदा यस्तो समस्या भएको हो | मतपत्र अभाब भएको ठाउमा तुरुन्त मतपत्र पठाएर मतदान कार्य अनबरत गरिने प्रयाश भइ रहेको छ |
Posté par Ramchandra à 14:51 - - Commentaires [0] - Permalien [#]