11 juin 2017

मतदान केन्द्रहरुमा मतपत्रको अभाबमा

    आज ११ जुन २०१७ का दिन फ्रान्समा भइरहेको प्रतितिधिसभाको पहिलो चरणको निर्वाचनका क्रममा १५ जिल्लाका केहि मतदान केन्द्रहरुमा मतपत्रको अभाबमा निर्वाचन प्रक्रिया प्रभावित भएको छ | सबै मतदान केन्द्रहरुमा मतपत्र पुराउने जिम्मा पाएको कम्पनीले समयमा मतपत्र नपुराउदा यस्तो समस्या भएको हो | मतपत्र अभाब भएको ठाउमा तुरुन्त मतपत्र पठाएर मतदान कार्य अनबरत गरिने प्रयाश भइ रहेको छ |
Posté par Ramchandra à 14:51 - - Commentaires [0] - Permalien [#]

10 juin 2017

हिजो आज

>>  >> फ्रान्सको एउटा नगरपालिका ग्रोनब्ल ( Gronoble )मा रहेको एउटा माध्यामिक बिध्यालय ( Collège ) को भवनमा आज राति २ बजेको समयमा आगो लगाइएको छ । सामुहिक रुपमा अपराध गर्ने युवक हरुको समुहले बिध्यालय प्राङगाण भित्र प्रबेस गरि एउटा  टायर र एउटा मोटरसाइकल जलाएर आगो लगाएका थिए। अग्नि नियन्त्रकहरुको टोलिलाइ आकर्मण गरि तत्काल आगो नियन्त्रणको कामलाइ अबरोध पुराइएको थियो। पछि प्रहरिको सहयोगमा स्थितिलाइ नियन्त्रण गरिएको थियो।  फ्रान्समा अपराधिक क्रियाकलापमा सम्लग्न ब्याक्तिहरुले आगो लगाउने र आगो निभाउन आउने निकायका... [Lire la suite]
Posté par Ramchandra à 23:49 - - Commentaires [0] - Permalien [#]
07 juin 2017

राष्ट्रपति माक्रोंको दोस्रो सुधार : श्रम र सामाजिक सुरक्षा

        राष्ट्रपति एमानुएल माक्रों ( EMMANUEL MACRON ) ले आफ्नो १४ बुदे घोषणा पत्रमा श्रम र सामाजिक सुरक्षा कार्यक्रममा सुधार गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए | लचकदार श्रमनीतिको अनुसरणद्वारा रोजगारी श्रीजना गर्ने लक्ष लिइएको उनको कार्यक्रमलाइ हु बहु लागु गर्ने गरि कानुन बनाउन थालिएको छ | सो कानुनको खाका हिजो प्रधानमन्त्रि Edouard Philippe  र श्रममन्त्री Muriel Pénicaud ले संयुक्तरुपमा पत्रकार सम्मेलन गरि प्रस्तुत गरे | बहुप्रतिक्षित यो सुधारको कार्यक्रमका तिन विधाहरु छन :   ... [Lire la suite]
Posté par Ramchandra à 02:38 - - Commentaires [0] - Permalien [#]
03 juin 2017

फ्रान्सका अन्तरिक्ष यात्री १९८ दिन पछि पृथिवीमा फिर्ता

फ्रान्सका एक जना अन्तरिक्ष यात्री तोमा पेस्के १९८ दिनसम्म अन्तरास्ट्रिय अन्तरिक्ष  केन्द्रमा बिताएर पृथीबिमा फर्केका छन् |  उनलाई बोकेको काप्सुल पृथिवी उत्रदा साथ उनि र उनिसगै रहेका अर्का अन्तरिक्षयात्रीलाइ काप्सुलबाट निकालिएको थियो |कजाखस्तानको भूमिमा पहिलो पटक उत्रिएका उनि आज बिहान जर्मन आइपुगेका छन् | उनको पृथिवी आगमनलाइ फ्रान्सका राष्ट्रपति लगाएत उच्च पदस्थ ब्याक्तित्वहरुले फ्रान्सको अन्तरास्ट्रिय अन्तरिक्ष अनुसंथान केन्द्रबाट हेरीरहेका थिए |  तोमा पेसकेलाइ सर्वप्रथम  फ्रान्सका रास्ट्रपतिले फोन गरेर... [Lire la suite]
Posté par Ramchandra à 10:00 - - Commentaires [0] - Permalien [#]
01 juin 2017

फ्रान्समा राजनीतिज्ञहरुको आर्थिक पक्ष पारदर्सी बनाउन कानुन बनाउने घोषणा

          १ जुन २०१७ का दिन फ्रान्सका कानुन मन्त्री फ्रसवा बायरु ( François Bayrou ) ले एउटा कानुनको खाका प्रस्तुत गरेका छन जसबाट हालसम्म राजनीतिज्ञहरुले आफ्नो अधिकारको दुरुपयोग गरि आर्थिक फाइदा उठाइरहेको अबस्थाको अन्त्य हुने ठानिएको छ | नव नियुक्त राष्ट्रपतिको १४ भागमा वर्गीकृत घोषणा पत्रको 11 औ भागमा ( http://www.anubaad.com/archives/2017/05/29/35331157.html )         यो क्षेत्रमा सुधार गर्ने प्रतिबद्दता ब्यक्त गरिएको थियो | प्रस्ताब गरिएको... [Lire la suite]
Posté par Ramchandra à 23:02 - - Commentaires [0] - Permalien [#]
30 mai 2017

युरोपियन युनियनका १९ संसादहरु बिरुद्द मुद्दा

     फ्रान्सको दक्षिणपन्थी पार्टी फोँ नासिओनाल ( Font National ) बाट फ्रान्सको तर्फबाट  युरोपियन संसदकी  संसाद सोफी मोतेलले फ्रान्सकै तर्फबाट युरोपियन संसदमा प्रतिधित्व गर्ने १९ जना बिपक्षी पार्टी ( समाजवादी पार्टी र रिपुब्लिकन पार्टी ) का संसादहरु बिरुद्द मुद्दा दायर गरेकी छन | उनको आरोप छ :  << आफ्ना पार्टीका कार्यकर्ताहरूलाइ युरोपियन युनियनको  तलब पाउने गरि आफ्नो पी ए नियुक्त गरेको तर उनीहरुले नियुक्त भएको पदको जिम्मेवारी पुरा नगरी सम्बन्धित पार्टीको काम गरेको  ( Emplois... [Lire la suite]
Posté par Ramchandra à 22:32 - - Commentaires [0] - Permalien [#]
29 mai 2017

क्षेत्रिय पेरिषदको सभापतिमा ले रेपुब्लिका पार्टिका रोनो मिउजोलिए निर्वाचित

    फ्रान्सको एउटा क्षेत्र प्रोवन्स आल्प कोत दाजुर ( PACA ) को क्षेत्रिय पेरिषदको सभापतिमा ले रेपुब्लिका (Les Républicains) पार्टिका रोनो मिउजोलिए (Renault Muselier) निर्वाचित भएका छन|उनको प्रतिद्वन्दी पार्टि फो नासिओनाल ( Font National ) ल ले चुनावमा भाग लिएन | यस अघि सोहि पार्टीका क्रिस्तीअँ एस्त्रोजी ले राजिनामा दिदा सो पद रिक्त भएको थियो |     http://www.bfmtv.com/politique/renaud-muselier-lr-elu-president-de-la-region-paca-1174538.html
Posté par Ramchandra à 12:29 - - Commentaires [0] - Permalien [#]
03 juin 2017

स्थानिय बिकास मन्त्रीले आर्थिक अनियमितता गरेको खुलासा

  स्थानिय बिकास मन्त्रीले आर्थिक अनियमितता गरेको खुलासा       फ्रान्समा गत  एक हप्ता देखी मन्त्री रिसार फेरँ ले आर्थीक अनियमितता गरेको कुराले निकै चर्चा पाईरहेको छ्| आर्थिक अनियमितताका मामिलाहरु सार्वजनिक गरिरहने फ्रान्सको एउटा पत्रीका लो कानाँरका अनुसार स्थानिय मन्त्री रिसार फेरँ दुई वटा आर्थिक अनियमितताका मामिलामा संलग्न छन |अ) २०१४ मा उनि प्रतिनिधि सभा सदस्य थिए र सोहि बर्ष उनले आफ्नो छोरालाई ५ महिनाको लागि आफ्नो पी ए को  पदमा नियुक्ति गरेका थिए | हाल सम्मको व्यवस्था अनुसार यो नियुक्ति गैर... [Lire la suite]
Posté par Ramchandra à 14:36 - - Commentaires [0] - Permalien [#]
29 mai 2017

फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन

  फ्रान्समा नयाँ मन्त्रिमण्डलको गठन  १७ मे २०१७ का दिन फ्रान्सका नवनिर्वाचित रास्ट्रपतिले Édouard Philippe को नेतृत्वमा 23 सदस्सिय मन्त्रिमण्डल गठन गरेका छन् | मिश्रीत शासन प्रणाली अपनाएको फ्रान्समा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्छ र सोहि प्रधानमन्त्रीको सिफारिसमा मन्त्रीहरुको नियुक्ति पनि रास्ट्रपतिबाट नै हुने ब्यबस्था छ | उच्च पदस्थ कर्मचारी, नागरिक समाज ( बिषय बिशेषज्ञ ) र राजनीतिज्ञ वा साम्सदहरु मध्येबाट मन्त्रि छनोट गरिने ब्यबस्था रहेको फ्रान्समा यसपटक 11 जना उच्च पदस्थ कर्मचारी तथा नागरिक समाज ( बिषय... [Lire la suite]
Posté par Ramchandra à 08:15 - - Commentaires [0] - Permalien [#]