18 septembre 2017

युरोप / अमेरिकामा अपार्टमेन्ट किन्दै हुनुहुन्छ भने निम्न कुराहरु ख्याल गर्नुहोस |

      बिकसित देशमा कुनै अपार्टमेन्ट बिक्रि गर्नु भन्दा अगाडी एउटा टेक्निसियन ( Diagnostiqueur ) बाट त्यो अपार्टमेन्टका विभिन्न प्राबिधिक पक्षको जाँच  गरि त्यसको रिपोर्ट  तयार गर्नु पर्ने हुन्छ | यो रिपोर्टलाइ   Rapport diagnostic भनिन्छ | अपार्टमेन्ट किन्ने ब्याक्तिले आफ्नो किन्ने निर्णय गर्नु भन्दा अगाडी यो रिपोर्ट अध्ययन गर्ने गर्दछ | यो रिपोर्टबाट अपार्टमेन्ट तथा घरको गुणस्तर थाहा हुनुको साथै भबिष्यमा कुनै खतरा हुने सम्भावना  रहेछ भने त्यसको पनि जानकारी पाउन सकिन्छ | समयमै आवस्यक मर्मत... [Lire la suite]
Posté par Ramchandra à 21:27 - - Commentaires [0] - Permalien [#]

17 septembre 2017

राष्ट्रपतिद्वारा घर भाडा घटाउन घर धनिहरुलाई सार्वजनिक अपिल

           फ्रान्समा करीब एक महिना अगाडी सरकारले घर भाडा भत्ता ( APL ) घटाउने निर्णय गरेको थियो | प्रति महिना प्रति परिवार पाँच युरो भत्ता कम गर्ने सरकारको निर्णयको बिरुद्दमा संसद, सडक, मेडीया, सामाजिक संजालहरुमा एक महिना देखि ब्यापक बिरोध भइरहेको छ | भुतपुर्वक राष्ट्रपति लगाएत सबै वामपन्थी नेताहरुले सरकारको यो निर्णयको बिरोध गरेका छन | बिद्यार्थीहरु तथा कम आय भएका समुहको पक्षमा काम गर्ने संस्थाहरुले यो निर्णय फिर्ता लिनु पर्ने माग गरिरहेका छन | अनौठो कुरा के छ भने यति ठुला हङ्गामा मच्चाएको यो रकम... [Lire la suite]
Posté par Ramchandra à 22:58 - - Commentaires [0] - Permalien [#]
26 juillet 2017

कट्टर वामपन्थीद्वारा फ्रान्सको संसदमा हङ्गामा

प्रति परिवार प्रतिमहिना ५ युरो सरकारी भत्ता कम गरिएको बिरोधमा कट्टर वामपन्थी पार्टी ( La France Insoumis ) ले फ्रान्सको संसदमा हङ्गामा गरेको छ | केहि दिन देखि यो बिषयको पक्ष र बिपक्षमा संसदमा छलफल चलिरहेको छ | सत्ता पक्षका अनुसार धेरै सानो भत्ता रकम कटौती गरिएकोले परिवारको दैनिक जीवनमा खासै अशर पर्ने छैन | तर कट्टर वामपन्थी पार्टीका अनुसार यो भत्ता रकम कटौतीले गरिबहरुको दैनिकीमा प्रतक्ष्य असर पार्नेछ | कट्टर वामपन्थीहरुले आफ्नो तर्कलाई पुष्टि गर्नको लागि आज ५ युरोमा किन्न सकिने दैनिक उपभोग्य बस्तुहरु किनेर संसदमा प्रस्तुत गरे |... [Lire la suite]
Posté par Ramchandra à 20:41 - - Commentaires [0] - Permalien [#]
22 juillet 2017

फ्रान्समा सरकारी भत्तामा कटौती

फ्रान्स सरकारले प्रत्येक परिवारको प्रति महिना पाँच युरो भत्ता कम गर्ने भएको छ | बजेट घाटा कम गर्ने योजना अनुसार अक्टुबर महिना देखि यो नियम लागु हुनेछ | अर्थात हरेक परिवारले अहिले पाईरहेको सरकारी भत्ता भन्दा ५ युरो कम भत्ता पाउने छन् | यसबाट सरकारले यो बर्षको अन्तिम तिन महिनामा १००  ००० ००० युरो बचत गर्ने लक्ष लिएको छ | ब्याक्ति तथा परिवारले सरकारबाट पाउने विभिन्न भत्ता मध्ये एउटा भत्ता हो : A P L :  निम्न आय भएका परिवार र स्वदेशी तथा बिदेशी बिध्यार्थीलाइ यो भत्ता प्रदान गरिन्छ | निम्न आम्दानि हुने बर्गले आफ्नो... [Lire la suite]
Posté par Ramchandra à 20:25 - - Commentaires [0] - Permalien [#]
21 juillet 2017

फ्रान्समा पुरुष महिला असमानताको एउटा अनौठो उदाहरण र समाधानको प्रयास

फ्रान्समा यदि कुनै महिलाले आफ्नो बच्चा हुर्काउने हेतुले काम छोडेका छन र उनीहरुले कम्तिमा तिन बर्षसम्म घरमै बसेर आफ्ना बच्चाहरुको उचित हेरचाह गरेका छन् भने उनीहरुले एस एल सी ( टी ) सरहको प्रमाणपत्र पाउने भएका छन | सामान्यतया यो प्रमाणपत्र पाउनको लागि एस एल सी सरहको दे एन बे ( DNB ) गरिसके पछि दुइ बर्षको ( १२५० घण्टाको ) तालिम गर्नु पर्छ | यो तहलाई << CAP Petite Enfance >> भनिन्छ | यो तह उत्तीर्ण गरेको जनशक्ति जन्म देखि ६ बर्षसम्मका बच्चाहरुको हेरचाह गर्न दक्ष मानिन्छ | महिला पुरुष समानता सहायक मन्त्रि Marlène Schiappa ले... [Lire la suite]
Posté par Ramchandra à 22:30 - - Commentaires [0] - Permalien [#]
08 juillet 2017

देशभर आवाशहरुको निसुल्क मर्मत, पेट्रोलियम पदार्थको प्रयोगमा प्रतिबन्ध

    फ्रान्सलाई विश्वकै वाताबरण संरक्षणको केन्द्र बनाउने महत्वकांक्षी उद्देस्यका साथ हिजो फ्रान्सका वाताबरण मन्त्रि  Nicolas Hulot ले वाताबरण संरक्षण सम्बन्धि एउटा महत्वपूर्ण योजना प्रस्तुत गरे | यो योजनामा २०१५ को वाताबरण सम्बन्धि पेरिस सम्झौताको मर्म अनुरुपका बुदाहरु समाबेस गरिएको छ | मुख्य लक्ष : २०५० सम्ममा फ्रान्समा << कार्बनको तटस्ठता >> : काठ, कोइला, पेट्रोलियम पदार्थ आदिको खपत लगाएत अन्य मानबिय गतिबिधिबाट निस्कने... [Lire la suite]
Posté par Ramchandra à 21:48 - - Commentaires [0] - Permalien [#]

07 juillet 2017

सरकारी कर्मचारीहरुको तलब बृदिमा रोक्का र बिरामी परेमा १ दिनको तलब कट्टा

  फ्रान्सको सरकारले सरकारी कर्मचारीको हित बिपरितका दुइ निर्णय गरेको छ : १ ) सन् २०१८ मा कर्मचारीको तलब बृदि हुने छैन | मूल्य बृदिको बार्षिक दर करिब १ % भएको फ्रान्समा सोहि दरमा तलब बृदि हुने गर्छ | तर बजेट घाटा कम गर्ने उद्देस्यले सन् २०११ देखि सरकारी कर्मचारीको तलब बृदि गरिएको छैन र सन् २०१८ मा पनि तलब बृदि नगरिने कुरा बजेट मामिला मन्त्रिले हिजो घोषणा गरेका छन् | २ ) फ्रान्समा काममा अनुपश्थित रहने एक मात्र उपाय छ : त्यो हो बिरामी पर्नु वा बिरामी परेको बाहाना गर्नु | अरु कुनै बाहानामा काममा अनुपश्थित हुनु भनेको विभागीय कारवाहीको... [Lire la suite]
Posté par Ramchandra à 23:19 - - Commentaires [0] - Permalien [#]
24 juin 2017

फ़्रान्समाथि निजीकरण गर्नु पर्ने दबाब

  युरोपियन युनियनले आफ्ना सदस्य रास्ट्रहरुलाई ३ वटा सर्तहरु पुरा गर्नको लागि केहि बर्षयता देखि दबाब दिइराखेको छ | त्यी सर्तहरु हुन् : अ ) रास्ट्रको बजेट घाटा ३% भन्दा कम गर्ने |आ )  रास्ट्रको सार्वजनिक ऋण रकमलाइ जी डी पी को ६०% भन्दा तल ल्याउनु पर्ने | इ ) बार्षिक मूल्य ब्रिदी दर २% भन्दा बढी हुनुपर्ने  | यी तिन वटा सर्त पुरा नभएको अवश्थामा भविष्यमा त्यो देसले आफ्नो आम्दानिबाट सार्वजनिक ऋण तिर्न नसकी अशफल रास्ट्र बन्न जाने मान्यता राखिन्छ | हाल फ्रान्समा बजेट घाटा तिन प्रतिसत भन्दा माथि छ | सार्वजनिक ऋण ( २१ खराब... [Lire la suite]
Posté par Ramchandra à 12:53 - - Commentaires [0] - Permalien [#]
29 août 2017

फ्रान्समा पुर्व मन्त्रि तथा साम्सदहरुले काम पाउन नसकेको गुनासो

    फ्रान्सकी एउटा वामपन्थी पार्टी ( EELV ) की पुर्व महासचिब तथा बहुचर्चित पुर्व आवास मन्त्रि EMMANUELLE COSSE ले आवास मन्त्रिबाट हटेपछि बेरोजगार हुनुपरेको गुनासो गरेकी छन् | उनले भनेकी छन  << मैले पहिलो काम पत्रकारिताबाट सुरु गरेकी हु र पछि निर्माणको क्षेत्रमा काम गरेँ | पत्रकारिता गर्न छोडेको धेरै बर्ष भयो र यो बिचमा प्रविधिको बिकाशले गर्दा हामीले त्यतिबेला सिकेको सिपले काम गर्दैन | अत पत्रकारिता क्षेत्रमा काम खोज्ने आँट मैले गरिन | मन्त्रि बन्नु भन्दा अगाडी मैले निर्माणको क्षेत्रमा काम गरेकी थिए र अहिले... [Lire la suite]
Posté par Ramchandra à 12:14 - - Commentaires [0] - Permalien [#]
28 août 2017

फ्रान्सको सामाजिक सुरक्षा प्रणाली के हो र यसबाट कसरि फाइदा लिन सकिन्छ ?

  फ्रान्समा पनि धनि र मध्यम बर्ग बिचको खाडल अतिनै ठुलो छ र यो दिन प्रतिदिन बढ्दै छ | फ्रान्सको अति सानो समुहको हातमा कुल रास्ट्रीय सम्पतिको ठुलो हिस्सा छ भने मध्यम बर्गीयहरुको ठुलो समुहको स्वामित्वमा कुल रास्ट्रीय सपत्तिको सानो हिस्सा मात्र छ | तर गास, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताका बस्तु तथा सेवाबाट कुनै पनि नागरिक बन्चित हुनुपर्ने स्थिति छैन | सबैजसो बस्तु तथा सेवालाई प्रजातान्त्रिकरण गर्ने ( सबैले किन्न सक्ने बनाउने ) हर सम्भब प्रयास गरिएको छ | यी कारणहरुले गर्दा समाजमा ठुला असन्तोषका... [Lire la suite]
Posté par Ramchandra à 03:34 - - Commentaires [0] - Permalien [#]
Tags :