21 juillet 2017

फ्रान्समा पुरुष महिला असमानताको एउटा अनौठो उदाहरण र समाधानको प्रयास

फ्रान्समा यदि कुनै महिलाले आफ्नो बच्चा हुर्काउने हेतुले काम छोडेका छन र उनीहरुले कम्तिमा तिन बर्षसम्म घरमै बसेर आफ्ना बच्चाहरुको उचित हेरचाह गरेका छन् भने उनीहरुले एस एल सी ( टी ) सरहको प्रमाणपत्र पाउने भएका छन | सामान्यतया यो प्रमाणपत्र पाउनको लागि एस एल सी सरहको दे एन बे ( DNB ) गरिसके पछि दुइ बर्षको ( १२५० घण्टाको ) तालिम गर्नु पर्छ | यो तहलाई << CAP Petite Enfance >> भनिन्छ | यो तह उत्तीर्ण गरेको जनशक्ति जन्म देखि ६ बर्षसम्मका बच्चाहरुको हेरचाह गर्न दक्ष मानिन्छ | महिला पुरुष समानता सहायक मन्त्रि Marlène Schiappa ले... [Lire la suite]
Posté par Ramchandra à 22:30 - - Commentaires [0] - Permalien [#]

20 juillet 2017

फ्रान्स विश्वकै एक नम्बर प्रभाबशाली देश : नयाँ राष्ट्रपतिको योगदान

   शैनिक शक्तिको प्रयोग नगरी कुनै शक्तिशाली मुलुकले विश्वका अन्य मुलुकमा आफ्नो प्रभाब बिस्तार गर्नुलाइ सफ्ट पावर भनिन्छ | खेलकुदमा सहभागिता , पर्यटकीय आकर्षण, खानपिन, सुचना प्रबिधिको प्रयोग, बाहिरी विश्वसँगको खुलापन, अन्तराष्ट्रिय मामिलाहरुमा नेतृत्व लिन सक्ने क्षमता आदिको आधारमा कुनै पनि देशको सफ्ट पावर ( Soft Power ) को सूचांक निर्धारण हुन्छ | हरेक बर्ष मापन गरिने सफ्ट पावर सूचांकमा यो बर्ष फ्रान्स एक नम्बरमा परेको छ जबकि अघिल्लो बर्ष फ्रान्स पाचौँ नम्बरमा थियो | यस प्रकार गैर शैनिक माध्यमद्वारा विश्वमा आफ्नो... [Lire la suite]
Posté par Ramchandra à 11:09 - - Commentaires [0] - Permalien [#]
18 juillet 2017

हावाबाट बिजुली उत्पादन गर्ने एओलिएन सेट ( Éolienne Set )

   करिब दुइ बर्ष अगाडी तत्कालिन प्रधानमन्त्री के. पी ओलीले भाषण गरे  << हामी हावाबाट बिजुली निकाल्छौ >> | उपश्थित जनसमुदायले ताली बझाए | भोलि रास्ट्रीय स्तरका पत्रिकाहरुले आफ्ना मुख्य पृष्टहरु यहि समाचारले भर्ने काम गरे | चोक चोकमा यो भनाइको पक्ष र बिपक्षमा तर्क बितर्कहरु हुन थाले | एक थरिले भन्न थाले << के पी ओली हावा, हावाबाट पनि बिजुली निस्कन्छ ? >> अर्का थरि भन्न थाले << के पी ओली ठुला सपना देख्ने नेता, राष्ट्र निर्माता .......आदि आदि >> करिब दुइ बर्ष हुन लाग्दा पनि यो बिषयले... [Lire la suite]
Posté par Ramchandra à 01:55 - Commentaires [0] - Permalien [#]
11 juillet 2017

सरकारी खर्च कटौती

सरकारी कर्मचारीको संख्या कटौती नगरिकन यो बर्षको अन्त्य सम्ममा ( ६ महिनामा ) सरकारी खर्चमा ४ अरब ५० करोड यूरो बचत गर्ने योजना सरकारले प्रस्तुत गरेको छ |  राष्ट्रपतिको  प्रतिबद्दता अनुसार आउदो बर्ष बजेट घाटा ३ % भन्दा कम गर्नको लागि सरकारी खर्च कटौतीमा सबै मन्त्रालयहरु कटीबद्द देखिएका हुन् |
Posté par Ramchandra à 14:29 - - Commentaires [0] - Permalien [#]
11 juillet 2017

कस्तो कस्तो काम ( जागिर ) गर्दा शरीरलाइ बढी नोक्शानी हुने मानिन्छ ? ( अनुबाद )

  सन २०१४ देखि फ्रान्समा १० क्षेत्र वा प्रकृतिका कामलाइ धेरै कठिन कामको रुपमा बर्गिकरण गरिएको छ  र  यस्ता काम गर्ने कामदारहरुलाई बिशेष सुबिधा प्रदान गरिदै आएकोमा नया सरकारले यो ब्यवश्थामा केहि सुधार गरेको छ | असुरक्षित कामहरु र त्यस्ता कामहरु गरे वापत पाइने सुबिधा यसप्रकार छन् : १ )  तापक्रम       >>  ५ डिग्री भन्दा कम र ३० डिग्री भन्दा बढी तापक्रम रहेको ठाउमा गरिने काम | २ )  ध्वनि      >>  उच्च ध्वनि प्रदुषण ( ८१ db भन्दा बढी ) रहेको... [Lire la suite]
Posté par Ramchandra à 02:09 - - Commentaires [0] - Permalien [#]
08 juillet 2017

देशभर आवाशहरुको निसुल्क मर्मत, पेट्रोलियम पदार्थको प्रयोगमा प्रतिबन्ध

    फ्रान्सलाई विश्वकै वाताबरण संरक्षणको केन्द्र बनाउने महत्वकांक्षी उद्देस्यका साथ हिजो फ्रान्सका वाताबरण मन्त्रि  Nicolas Hulot ले वाताबरण संरक्षण सम्बन्धि एउटा महत्वपूर्ण योजना प्रस्तुत गरे | यो योजनामा २०१५ को वाताबरण सम्बन्धि पेरिस सम्झौताको मर्म अनुरुपका बुदाहरु समाबेस गरिएको छ | मुख्य लक्ष : २०५० सम्ममा फ्रान्समा << कार्बनको तटस्ठता >> : काठ, कोइला, पेट्रोलियम पदार्थ आदिको खपत लगाएत अन्य मानबिय गतिबिधिबाट निस्कने... [Lire la suite]
Posté par Ramchandra à 21:48 - - Commentaires [0] - Permalien [#]

07 juillet 2017

सरकारी कर्मचारीहरुको तलब बृदिमा रोक्का र बिरामी परेमा १ दिनको तलब कट्टा

  फ्रान्सको सरकारले सरकारी कर्मचारीको हित बिपरितका दुइ निर्णय गरेको छ : १ ) सन् २०१८ मा कर्मचारीको तलब बृदि हुने छैन | मूल्य बृदिको बार्षिक दर करिब १ % भएको फ्रान्समा सोहि दरमा तलब बृदि हुने गर्छ | तर बजेट घाटा कम गर्ने उद्देस्यले सन् २०११ देखि सरकारी कर्मचारीको तलब बृदि गरिएको छैन र सन् २०१८ मा पनि तलब बृदि नगरिने कुरा बजेट मामिला मन्त्रिले हिजो घोषणा गरेका छन् | २ ) फ्रान्समा काममा अनुपश्थित रहने एक मात्र उपाय छ : त्यो हो बिरामी पर्नु वा बिरामी परेको बाहाना गर्नु | अरु कुनै बाहानामा काममा अनुपश्थित हुनु भनेको विभागीय कारवाहीको... [Lire la suite]
Posté par Ramchandra à 23:19 - - Commentaires [0] - Permalien [#]
07 juillet 2017

निर्णायक मतदाता : आँदेसी

        बिकसित देशमा राजनीतिक पार्टीका कार्यकर्ता र समर्थकहरु जम्मा मुस्किलले कुल मतदाताको ३०% हुन्छन | बाकि ७०% मतदाता कुनै पार्टीसंग आबद्द हुदैनन् | यो कुनै पार्टी सग आबद्द नभएको यो समुहलाई फ्रान्समा आँदेसी भनिन्छ | यस्ता मतदाताहरु मुख्य गरि टेलिभिजनमा हुने उम्मेदवारहरुका भाषण, अन्तर्वार्ता र छलफलका आधारमा आफ्नो मत कसलाई दिने भन्ने निर्णय गर्दछन | यो समूह नै निर्वाचनमा निर्णायक हुन्छ | फ्रासमा यस अघि गरिएको एक सर्वेक्षणमा २५% मतदाताहरुले रास्ट्रपतिका उम्मेदवारहरु बिचको अन्तिम बादबिबाद हेरेपछि मात्र आफ्नो... [Lire la suite]
Posté par Ramchandra à 09:50 - - Commentaires [0] - Permalien [#]
06 juillet 2017

अन्तरघात कि ब्याक्तिगत स्वतन्त्रता

       नेपाली कांग्रेसलाइ नेपालको सबै भन्दा प्रजातान्त्रिक पार्टी मानिन्छ र हो पनि | हामी सानो छँदा नेपाली कांग्रेश पार्टीमा आबद्द नेता दाईहरुले राष्ट्रीयता, प्रजातन्त्र र समाजबादको बारेमा निकै व्याख्या गर्ने गर्नु हुन्थ्यो | उहाँहरुका यी तिन शब्दहरुको व्याख्या हामीले बुझ्न सक्दैन थियौ | अहिले बल्ल बुझ्दै छौ कि यी तिन शब्दहरु कति महत्वपूर्ण छन् | यी तिन शब्दको भावनाको पूर्ण पालना गरेका देशहरु नै संसारका सबै भन्दा उत्कृष्ट शाशन ब्यवश्था भएका देश बन्न पुगे | | यति राम्रो शैद्दान्तिक धरातल भएको कांग्रेस पार्टीका... [Lire la suite]
Posté par Ramchandra à 15:29 - - Commentaires [0] - Permalien [#]
04 juillet 2017

पुर्व प्रधानमन्त्रि नगरपालिकाका मेअर

     १९९५ देखि १९९७ सम्म फ्रान्सको प्रधानमन्त्रि बनेका आलाँ जुपे ( Alain Juppé ) हाल ११ बर्षदेखि बोर्दो ( bordeaux ) भन्ने नगर पालिकाका मेअर छन् | प्रधान मन्त्रि भइ सके पछि उनि पटक पटक बरिष्ठ मन्त्रि पनि बनेका थिए | उनि मात्र होइन ठुला तथा साना सबै दलका धेरै  जसो केन्दिय नेताहरु, पूर्व मन्त्रीहरु  आफ्नो नगर वा गाउपालिकाका प्रमुख छन् | यहा धेरै साम्सदहरुले  एक ब्याक्तिले दुइ पद लिने चलन छ : साम्सद  र मेअर | हालै बनेको कानुनमा दुइ मध्ये एक पद रोज्नु पर्ने भएकोमा धेरैले साम्सद पदको सट्टा नगर वा गाउ... [Lire la suite]
Posté par Ramchandra à 01:16 - - Commentaires [0] - Permalien [#]