07 juillet 2017

सरकारी कर्मचारीहरुको तलब बृदिमा रोक्का र बिरामी परेमा १ दिनको तलब कट्टा

  फ्रान्सको सरकारले सरकारी कर्मचारीको हित बिपरितका दुइ निर्णय गरेको छ : १ ) सन् २०१८ मा कर्मचारीको तलब बृदि हुने छैन | मूल्य बृदिको बार्षिक दर करिब १ % भएको फ्रान्समा सोहि दरमा तलब बृदि हुने गर्छ | तर बजेट घाटा कम गर्ने उद्देस्यले सन् २०११ देखि सरकारी कर्मचारीको तलब बृदि गरिएको छैन र सन् २०१८ मा पनि तलब बृदि नगरिने कुरा बजेट मामिला मन्त्रिले हिजो घोषणा गरेका छन् | २ ) फ्रान्समा काममा अनुपश्थित रहने एक मात्र उपाय छ : त्यो हो बिरामी पर्नु वा बिरामी परेको बाहाना गर्नु | अरु कुनै बाहानामा काममा अनुपश्थित हुनु भनेको विभागीय कारवाहीको... [Lire la suite]
Posté par Ramchandra à 23:19 - - Commentaires [0] - Permalien [#]

07 juillet 2017

निर्णायक मतदाता : आँदेसी

        बिकसित देशमा राजनीतिक पार्टीका कार्यकर्ता र समर्थकहरु जम्मा मुस्किलले कुल मतदाताको ३०% हुन्छन | बाकि ७०% मतदाता कुनै पार्टीसंग आबद्द हुदैनन् | यो कुनै पार्टी सग आबद्द नभएको यो समुहलाई फ्रान्समा आँदेसी भनिन्छ | यस्ता मतदाताहरु मुख्य गरि टेलिभिजनमा हुने उम्मेदवारहरुका भाषण, अन्तर्वार्ता र छलफलका आधारमा आफ्नो मत कसलाई दिने भन्ने निर्णय गर्दछन | यो समूह नै निर्वाचनमा निर्णायक हुन्छ | फ्रासमा यस अघि गरिएको एक सर्वेक्षणमा २५% मतदाताहरुले रास्ट्रपतिका उम्मेदवारहरु बिचको अन्तिम बादबिबाद हेरेपछि मात्र आफ्नो... [Lire la suite]
Posté par Ramchandra à 09:50 - - Commentaires [0] - Permalien [#]
06 juillet 2017

अन्तरघात कि ब्याक्तिगत स्वतन्त्रता

       नेपाली कांग्रेसलाइ नेपालको सबै भन्दा प्रजातान्त्रिक पार्टी मानिन्छ र हो पनि | हामी सानो छँदा नेपाली कांग्रेश पार्टीमा आबद्द नेता दाईहरुले राष्ट्रीयता, प्रजातन्त्र र समाजबादको बारेमा निकै व्याख्या गर्ने गर्नु हुन्थ्यो | उहाँहरुका यी तिन शब्दहरुको व्याख्या हामीले बुझ्न सक्दैन थियौ | अहिले बल्ल बुझ्दै छौ कि यी तिन शब्दहरु कति महत्वपूर्ण छन् | यी तिन शब्दको भावनाको पूर्ण पालना गरेका देशहरु नै संसारका सबै भन्दा उत्कृष्ट शाशन ब्यवश्था भएका देश बन्न पुगे | | यति राम्रो शैद्दान्तिक धरातल भएको कांग्रेस पार्टीका... [Lire la suite]
Posté par Ramchandra à 15:29 - - Commentaires [0] - Permalien [#]
04 juillet 2017

पुर्व प्रधानमन्त्रि नगरपालिकाका मेअर

     १९९५ देखि १९९७ सम्म फ्रान्सको प्रधानमन्त्रि बनेका आलाँ जुपे ( Alain Juppé ) हाल ११ बर्षदेखि बोर्दो ( bordeaux ) भन्ने नगर पालिकाका मेअर छन् | प्रधान मन्त्रि भइ सके पछि उनि पटक पटक बरिष्ठ मन्त्रि पनि बनेका थिए | उनि मात्र होइन ठुला तथा साना सबै दलका धेरै  जसो केन्दिय नेताहरु, पूर्व मन्त्रीहरु  आफ्नो नगर वा गाउपालिकाका प्रमुख छन् | यहा धेरै साम्सदहरुले  एक ब्याक्तिले दुइ पद लिने चलन छ : साम्सद  र मेअर | हालै बनेको कानुनमा दुइ मध्ये एक पद रोज्नु पर्ने भएकोमा धेरैले साम्सद पदको सट्टा नगर वा गाउ... [Lire la suite]
Posté par Ramchandra à 01:16 - - Commentaires [0] - Permalien [#]
02 juillet 2017

फ्रान्सले बिदेशमा बस्ने आफ्ना नागरिकहरुलाई कसरि प्रतिनिधि सभाको निर्वाचनमा सहभागी गराउछ ?

 केहि बर्ष अघि देखि विदेशमा बस्ने फ्रेन्च नागरिकलाइ मतदानमा सहभागी गराउनु पर्ने आवाज उठ्यो | परिणाम स्वरुप सन् २००८ मा त्यस सम्बन्धि कानुन बन्यो |  २०१२ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि पहिलो पटक फ्रेन्च नागरिहरु बसोबास गर्ने विश्वका सबै देशहरुलाई ११ भाग  ( निर्वाचन क्षेत्र ) मा   विभाजन गरियो | बिभाजनको आधार थियो :  हरेक देसमा बस्ने मतदाता संख्या | विश्वभरमा जम्मा  १३ लाख फ्रेन्चहरु मतदाता रहेकोमा यहि १३ लाख मतदातालाई ११ भागमा बाडियो | यी ११ निर्वाचन बटा ... [Lire la suite]
Posté par Ramchandra à 23:53 - - Commentaires [0] - Permalien [#]
01 juillet 2017

नयाँ शक्तिले आउदो पाँच बर्षमा ११ करोड युरो कमाउदै : जहाँ पार्टीहरु पैसाको लागि चुनाबमा भिड्दछन् |

     सन् १९८८ भन्दा अगाडी फ्रान्समा पनि नेपालमा जस्तै राजनीतिक पार्टीहरु पूर्णतया निजि क्षेत्रबाट उठाइएको चन्दामा भर पर्दथे | तर नब्बेको दशकमा समाजवादी पार्टीलाई आर्थिक सहयोग गरेको एउटा इन्टरप्राइजले गैरकानुनि रुपमा कुनै अर्को देशलाइ हतियार बिक्रि गरेको र त्यो कार्यमा समाजबादी पार्टीले सहयोग पुराएको कुरा प्रमाणित भए पछि निजि इन्टरप्राईजहरुबाट राजनीतिक पार्टीले सहयोग लिन नपाउने व्यवस्था गरिएको हो | यस्तो आर्थिक स्रोत बन्द गरिसकेपछि सरकारले राजनीतिक पार्टीहरुलाइ अर्थिक अनुदान दिन थाल्यो |   ... [Lire la suite]
Posté par Ramchandra à 21:53 - - Commentaires [0] - Permalien [#]

29 juin 2017

फ्रान्सका रास्ट्रपतिको आधिकारिक फोटो र यो फोटोले दिन खोजेको संदेश

    फ्रान्सका रास्ट्रपतिको आधिकारिक फोटो आज उनकै ट्वीटर मार्फत सार्वजनिक गरिएको छ | यो फोटो  जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, नगर तथा गाउ पालिका कार्यालय र विदेश स्थित फ्रान्सका राजदुताबासहरुमा राखिने छ | एक घण्टा लगाएर रास्ट्रपतिकै चुनाबी अभियानमा प्रयोग गरिएका  फोटो ग्राफर  Soazig de la Moissonnière द्वारा यो फोटो लिइएको थियो | यो फोटोसगै लिइने सामाग्रीहरु  र स्थान रास्ट्रपति आफैले चयन गरेका थिए |    यो फोटोको बारेमा रास्ट्रीय टेलिभिजनहरुमा आज दिन भर चर्चा भयो | यो फोटोले... [Lire la suite]
Posté par Ramchandra à 18:36 - Commentaires [0] - Permalien [#]
28 juin 2017

टाई नलगाईकन प्रतिनिधि सभाको बैठकमा सहभागिता

    हिजो फ्रान्समा  प्रतिनिधि सभाको पहिलो बैठक बस्यो | जसमा कट्टर वामपन्थी समुहका साम्सदहरुको ब्यबाहार अनि अनौठो देखियो | फ्रान्सको संसदमा कट्टर वामपन्थी पक्षका दुइ समूह बनिसकेका छन् | यस अघि केवल २ / ४ जना संसदहरु हुने गरेकोमा यस पटक २७ जना कट्टर वामपन्थी संसदहरुले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै छन् | यसका साथै कट्टर दक्षिणपन्थी पार्टीका ९ जना अत्यन्तै प्रभावशाली नेताहरु यो पटक  संसदमा प्रतिनिधित्व गर्दै छन् जबकि  यस अगाडीको प्रतिनिधि सभामा  यिनीहरु जम्मा दुइ जना थिए | यी दुइ समूह अन्य समुहको... [Lire la suite]
Posté par Ramchandra à 00:49 - Commentaires [0] - Permalien [#]
27 juin 2017

गल्ति गर्न  पाउने अधिकार  :  रास्ट्रपतिको पाचौ सुधार

    फ्रान्सका नव निर्वाचित रास्ट्रपतिले आफ्नो घोषणा पत्रमा लेखेका थिए : << अपराधिक क्रियाकलापमा बाहेक अन्य क्षेत्रहरुमा < Un droit à l'erreur > << गल्ति गर्न पाउने अधिकार >> को सिद्दान्तलाई स्थापित गरिने छ । जसबाट समाजमा नयाँ र श्रृजानात्मक काम गर्ने उत्साह र आँट बढ्ने छ। >> रास्ट्रपतिको यो प्रतिबद्दता पुरा गर्नका लागि फ्रान्सका प्रशासन मन्त्रीले एउटा नयाँ  कानुनको प्रस्ताब गरेका छन् | यो नयाँ  कानुन अनुसार कुनै पनि नागरिक, करदाता, रोजगारदाता कम्पनि , निर्णय प्रक्रियामा सहभागी... [Lire la suite]
Posté par Ramchandra à 09:57 - Commentaires [0] - Permalien [#]
26 juin 2017

प्रसिद्द वामपन्थी नेता : संसदीय दलका नेता

प्रतिनिधि सभा निर्वाचनको परिणाम सगै फ्रान्सका राजनीतिक दलहरुले संसदमा आफ्नो समूह निर्माण गर्ने र संसदीय दलको नेता चयन गर्ने गरिरहेका छन् | लो  फ्र्न्सँ आँसुमी ( LFI ) नाम गरेको वामपन्थी पार्टीले यस पार्टीका नेता तथा गत महिना भएको फ्रान्सको रास्ट्रपतिको निर्वाचनमा १९% मत प्राप्त गरि पराजित भएका रास्ट्रपतिका उम्मेदवार जँ लुक मेलँशोँ ( Jean Luc Mélenchon ) लाइ संसदीय दलको नेतामा छनोट गरेको छ | यो संसदीय समुहमा वामपन्थी पार्टी ( LFI ) का १६ जना साम्सदहरु छन् |   जँ लुक मेलँशोँ ( Jean Luc Mélenchon ) लाइ... [Lire la suite]
Posté par Ramchandra à 00:50 - Commentaires [0] - Permalien [#]